मुख्य समाचार
इरानको परमाणु केन्द्रमा हमला गर्ने ट्रम्पको चेतावनी
इरानको परमाणु केन्द्रमा हमला गर्ने ट्रम्पको चेतावनी

: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो।

अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति पुर्‍याएको दाबी गरेको छ। विगत तीन महिनामा इरानले ३० भन्दा बढी व्यावसायिक जहाजहरूमाथि आक्रमण गरेको अमेरिकाको आरोप छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको 'नातान्ज' नजिकै रहेको 'पिक्याक्स माउन्टेन'नामक भूमिगत परमाणु केन्द्रमा छिट्टै कडा हमला गर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरानले उक्त स्थानमा अघोषित रूपमा परमाणु प्रविधि विकास गरिरहेको आशङ्का व्यक्त गरे ।

अमेरिकी धम्कीपछि इरानको सैन्य कमाण्डले कडा आपत्ति जनाएको छ। यदि अमेरिकाले परमाणु स्थलमा आक्रमण गरेमा त्यसलाई 'पूर्ण युद्धको घोषणा' मानिने र मध्यपूर्वमा रहेका सम्पूर्ण अमेरिकी हित तथा उसका सहयोगी राष्ट्रहरूमाथि तीव्र जवाफी हमला गरिने इरानले चेतावनी दिएको छ।

इरानले छोडेका ड्रोन र मिसाइलहरूलाई कुवेत, बहराइन र जोर्डनका वायु रक्षा प्रणालीले आकाशमै ध्वस्त पारेको दाबी गरेका छन्।यसैबीच, यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह र 'बाब अल-मन्दब' जलडमरू बन्द गर्ने धम्की दिएपछि साउदी तेल बोकेका ट्याङ्करहरूले आफ्नो बाटो मोडेका छन्। यस द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव आएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार इरानसँगको यस सैन्य द्वन्द्वमा अमेरिकाको हालसम्म ३७.५ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च भइसकेको छ। दुवै देशबीच गत अप्रिल र जुनमा भएका युद्धविरामका प्रयासहरू भङ्ग भएपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम