मुख्य समाचार
बालकको विषालु सर्पको टोकाइबाट मृत्यु
बालकको विषालु सर्पको टोकाइबाट मृत्यु

: महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका एक ८ वर्षीय बालकको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको उपचारका क्रममा बिहीबार बिहान बर्दिबास जनसेवा अस्पतालमा मृत्यु भएको वडा सदस्य रुपो देवी सदाले जानकारी दिइन्।

बालककी आमा अमृतदेवी कापरका अनुसार बुधबार साँझ घरमै अम्बा टिप्ने क्रममा विवेकलाई विषालु सर्पले टोकेको थियो। सर्पदंशपछि तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल लगिएको भएपनि भेन्टिलेटरमा उपचारकै क्रममा उनको ज्यान गएको हो।

पीडित परिवारका अनुसार उपचारमा करिब ७० हजार रुपैयाँ खर्च भएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उक्त रकम तिर्न नसक्दा अस्पतालले शव जिम्मा दिन नसकेको परिवारको गुनासो छ।

यस विषयमा बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले अस्पतालले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिएको र थप सहजीकरणका लागि आवश्यक पहल भइरहेको बताए।

घटनापछि स्थानीयवासीले विपन्न परिवारलाई राहत तथा उपचार खर्च व्यवस्थापनमा सम्बन्धित निकायले सहयोग गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङगलाचुली गाउँपालिका –०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार बिहान करिब ९ बजे जंगलको झाडीभित्र राखिएको अवस्थामा प्रहरी बरामद गरेको हो । प्रहरीका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी अनुसन्धान ...
: सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई ...
: सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग भएको सहमति अनुमोदन गर्दै सम्झौतामा उल्लेख भए बमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले आर्थिक ऐन २०८३ को ...
: प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो। कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता ...
: विशेष अदालतको अध्यक्ष पदमा न्यायाधीश वासुदेव आचार्य नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम