मुख्य समाचार
बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने
बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने

। बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

क्वार्टरफाइनलमा बेल्जियम च्याम्पियन स्पेनसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिताभर स्पेनविरुद्ध गोल गर्ने एकमात्र टोली पनि बेल्जियम नै बनेको थियो । चार्ल्स डे केटेलारेले स्पेनविरुद्ध गोल गरेका थिए ।

बेल्जियम फुटबल संघले सार्वजनिक गरेको विज्ञप्तिमा गार्सियाले पछिल्लो १८ महिनाको सफल यात्रालाई निरन्तरता नदिने निर्णय गरिएको बताएका छन् ।


‘बेल्जियमलाई नेसन्स लिगको ए डिभिजनमा कायम राख्न र विश्वका उत्कृष्ट आठ टोलीमध्ये एक बनाउन पाएकोमा गर्व छ । खेलाडी, खेल निर्देशक भिन्सेन्ट मानार्ट र विश्वकपभर साथ दिने समर्थकप्रति म आभारी छु। नयाँ पुस्ताको निर्माण प्रक्रिया सुरु गर्न पाएकोमा पनि खुसी छु’ गार्सियाले भने ।

गार्सियाले बेल्जियमको प्रशिक्षकका रूपमा २० खेल सम्हालेका थिए । यस अवधिमा बेल्जियमले १२ जित, ६ बराबरी र २ हार बेहोरेको थियो ।

यसअघि उनले लिल, मार्से, लियोन र एएस रोमाजस्ता युरोपका चर्चित क्लबहरूको प्रशिक्षण सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम