। काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा चौथो तलाबाट खसेको प्रहरीले बताएको छ ।
उनको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ ।