मुख्य समाचार
पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा
पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा

। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ ।

स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल गरेका थिए ।

यदि ग्वार्डिओला नियुक्त भए उनी सन् १९६० दशकपछि इटाली राष्ट्रिय टोली सम्हाल्ने पहिलो गैर–इटालियन प्रशिक्षक बन्नेछन् । यसअघि रोबर्टो मान्चिनी र आन्द्रेआ पिर्लो पनि प्रशिक्षक पदका दाबेदार मानिएका छन् ।

५५ वर्षीय ग्वार्डिओलाले गत मे महिनामा म्यानचेस्टर सिटीसँगको सफल १० वर्षे यात्रा टुंग्याएका थिए । उनले सिटीलाई २० उपाधि दिलाएका थिए, जसमा ६ प्रिमियर लिग, ३ एफए कप, ५ लिग कप, ३ कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग, १ युइएफए सुपर कप र १ फिफा क्लब विश्वकप समावेश छन् ।


यसअघि उनले बार्सिलोना र बायर्न म्युनिखलाई पनि घरेलु तथा युरोपेली फुटबलमा ऐतिहासिक सफलता दिलाएका थिए ।

ग्वार्डिओलाले प्रशिक्षक बन्नुअघि इटालीको सिरी एमा पनि खेलेका थिए । उनले सन् २००१ देखि २००३ सम्म ब्रेसिया र रोमाबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी इटालियन भाषा पनि धाराप्रवाह बोल्छन् ।

सन् २०२१ मा युरोपियन च्याम्पियन बनेको इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रह्‍यो ।

फिफा विश्वकप २०२६ को युरोपियन छनोट प्लेअफमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षक जेन्नारो गाट्टुसोले अप्रिलमा पद छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम