। लागु औषध कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुली छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ४ किलो २५८ ग्राम कोकिनसहित पक्राउ गरेको हो ।
कतार एवर वेजको उडान नम्बर क्युआर ६४६ द्धारा कोलम्बियाबाट दोहा हुँदै आएकी क्यासिडो ठमेलको एक होटलमा पुगेकी थिइन् । उक्त होटलमा उनले राखेको सुटकेशबाट ब्यूरोले उक्त कोकिन बरामद गरेको हो । उक्त कोकिन लिन भारतीय महिला पनि उक्त होटलमा पुगेकी थिइन् ।