मुख्य समाचार
साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित
साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित

। दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो ।

साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषय भने अझै अन्योलमै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहनेछ ।

साफ च्याम्पियनसिप पटक–पटक स्थगित भएको प्रतियोगिता हो । सुरुमा यसलाई सन् २०२५ मै ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने योजना बनाइएको थियो । तर प्रायोजक, बजेट तथा प्राविधिक व्यवस्थापन नमिल्दा प्रतियोगिता एक वर्ष पछि सारिएको थियो ।


त्यसपछि साफले प्रतियोगितालाई केन्द्रीय प्रतियोगिता (सेन्ट्रलाइज्ड टुर्नामेन्ट) का रूपमा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ देखाउँदै श्रीलङ्काले आयोजक बन्न नसक्ने बताएपछि त्यो योजना पनि कार्यान्वयन हुन सकेन ।

अब बंगलादेशले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । ६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ...
। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल ...
। लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन् । ४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यस बेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको ...
— प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो । यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम