मुख्य समाचार
साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित
साफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित

। दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो ।

साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषय भने अझै अन्योलमै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहनेछ ।

साफ च्याम्पियनसिप पटक–पटक स्थगित भएको प्रतियोगिता हो । सुरुमा यसलाई सन् २०२५ मै ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने योजना बनाइएको थियो । तर प्रायोजक, बजेट तथा प्राविधिक व्यवस्थापन नमिल्दा प्रतियोगिता एक वर्ष पछि सारिएको थियो ।


त्यसपछि साफले प्रतियोगितालाई केन्द्रीय प्रतियोगिता (सेन्ट्रलाइज्ड टुर्नामेन्ट) का रूपमा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ देखाउँदै श्रीलङ्काले आयोजक बन्न नसक्ने बताएपछि त्यो योजना पनि कार्यान्वयन हुन सकेन ।

अब बंगलादेशले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम