मुख्य समाचार
माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ
माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ

। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना सवारी चालक छन् ।

विद्यालयमा र सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्केलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।


मास्कले छात्राहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट भेट्नका लागि प्रस्ताव गरेको र शरीरका अंग देखाउन प्रस्ताव गरेको आरोप छ ।

पटकपटक छात्राहरूलाई म्यासेज गरेर ह्यारेसमेन्ट (दुर्व्यवहार) गरेपछि विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका थिए । विद्यार्थीको प्रदर्शनअघि नै सोमबार बिहान तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिक्षकले छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार भएको देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

डीएसपी मिश्रले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानबाट अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताए । घटनालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैलाई प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको कोठाभित्र युवती मृत भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ती युवतीको हत्या गरेको आशंकाका आधारमा दुई जना पक्राउ परेका हुन् । प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने २७ वर्षीय रमेश बुढा पक्राउ परेका ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन योग्य नेपालीबाट आवेदन आह्वान गरेको छ । मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुकले सूचनामा तोकिएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत १४ साउनसम्म आवेदन दिन सक्नेछन् । यसरी रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाट नार्कको रिक्त सदस्य पदमा मनोनयन ...
। असार २९ गते कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि शंकास्पद रूपले राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गत असार ७ गतेदेखि चितवनमा भएको रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरूङका लागि प्रयोग भएको तथ्य खुलेको छ। बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएर आएका एक शंकास्पद व्यक्तिले कान्तिपुर कार्यालयअगाडि गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले त ...
। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अवको चार बर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन् । बैठकमा ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम