मुख्य समाचार
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान

। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए ।

उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिए। उनका अनुसार गत असारमा जिपिएस ट्रयाकिङ प्रणालीसमेत जडान गरिएको छ ।


उनले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उल्लेख गरे।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन् । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर आवश्यक सतर्कता अपनाउने गरेको बताए। यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जमा नौ वटा जङ्गली हात्ती रहेका छन् । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन योग्य नेपालीबाट आवेदन आह्वान गरेको छ । मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुकले सूचनामा तोकिएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत १४ साउनसम्म आवेदन दिन सक्नेछन् । यसरी रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाट नार्कको रिक्त सदस्य पदमा मनोनयन ...
। असार २९ गते कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि शंकास्पद रूपले राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गत असार ७ गतेदेखि चितवनमा भएको रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरूङका लागि प्रयोग भएको तथ्य खुलेको छ। बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएर आएका एक शंकास्पद व्यक्तिले कान्तिपुर कार्यालयअगाडि गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले त ...
। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अवको चार बर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन् । बैठकमा ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक ...
। लागु औषध कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुली छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ४ किलो २५८ ग्राम कोकिनसहित पक्राउ गरेको हो । कतार एवर वेजको उडान नम्बर क्युआर ६४६ द्धारा कोलम्बियाबाट दोहा हुँदै आएकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम