मुख्य समाचार
चितवनमा गत आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा करिब ५० प्रतिशतले कमी
चितवनमा गत आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा करिब ५० प्रतिशतले कमी

। चितवनमा गत आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा करिब ५० प्रतिशतले कमी आएको छ । दुर्घटना घटेसँगै मृत्यु हुनेको संख्या पनि १२.५ प्रतिशतले कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक प्रहरीले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको छ । दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या घट्नु उत्साहजनक भए पनि यो अवस्थालाई कायम राख्नु चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ ।

गत आर्थिक वर्ष २०८२/०८३ मा चितवनमा ५४५ वटा सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु, ९७ जना गम्भीर र ९०८ जना सामान्य घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ५० दुर्घटनामा १२० जनाको मृत्यु, १७२ जना गम्भीर र १ हजार ७०५ जना सामान्य घाइते भएका थिए ।

त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ४४५ दुर्घटनामा ११५ जनाको मृत्यु, १५० जना गम्भीर र ६८२ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ३०३ दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । त्यसयता दुर्घटना र मृत्युदर बढ्दै गए पनि गत आर्थिक वर्ष भने उल्लेख्य सुधार देखिएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ५०.२८ प्रतिशत, मृत्यु १२.५ प्रतिशत र गम्भीर घाइते ४३.६ प्रतिशतले घटेका छन् ।

अघिल्लो वर्ष दुर्घटनामा १ हजार ६१० जना परेका थिए भने गत वर्ष यो संख्या ७९० मा झरेको छ ।

गत वर्ष दुर्घटनामा मृत्यु हुने १०५ जनामध्ये ७३ पुरुष, २८ महिला र ४ बालबालिका थिए । मृत्यु हुनेमध्ये करिब ७२ प्रतिशत पुरुष छन् । तथ्याङ्कअनुसार २० देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको छ । सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटनामा सबैभन्दा धेरै ५२ जनाको मृत्यु भएको छ भने १८ पैदलयात्रीले ज्यान गुमाएका छन् ।

तीव्र गति दुर्घटनाको मुख्य कारण

गत आर्थिक वर्ष चालकको लापरबाहीबाट १२१, ओभरटेक गर्दा २८, तीव्र गतिका कारण २०९, मादक पदार्थ सेवन (मापसे) का कारण ३५, यात्रुको गल्तीका कारण ९७ तथा सडकको अवस्थाका कारण ३५ दुर्घटना भएका थिए ।

प्रहरीका अनुसार कुल दुर्घटनामध्ये ३८ प्रतिशत तीव्र गति, २२ प्रतिशत चालकको लापरवाही र १७ प्रतिशत यात्रुको गल्तीका कारण भएका छन् ।

‘एकैपटक दुर्घटनाको संख्या उल्लेख्य रूपमा घट्नु हाम्रो लागि निकै सुखद खबर हो,’ ट्राफिक प्रहरी प्रमुख थापाले भने, ‘दुर्घटना कम हुँदा धेरै परिवारले आफ्ना प्रियजन गुमाउनुपरेन । अब यो अवस्थालाई कायम राख्दै दुर्घटना अझ घटाउने प्रयासमा छौं । तर त्यसका लागि प्रत्येक चालक आफैं सचेत हुनुपर्छ ।’

भित्री सडकमा अझै बढी दुर्घटना

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चितवनका सडकलाई पूर्व–पश्चिम राजमार्ग (लोथर–पुल्चोक), नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग (मुग्लिन–फिस्लिङ), शहरी सडक र भित्री सडक गरी वर्गीकरण गरेर दुर्घटनाको विश्लेषण गर्ने गरेको छ । तथ्याङ्कअनुसार भित्री सडकमा दुर्घटना सबैभन्दा बढी हुने गरेका छन् ।

गत आर्थिक वर्ष भित्री सडकमा २८३ दुर्घटना हुँदा ४१ जनाको मृत्यु र ४७० जना घाइते भएका थिए । अघिल्लो वर्ष यहीं ५७७ दुर्घटना हुँदा पनि ४१ जनाको मृत्यु भएको थियो ।

शहरी सडकमा गत वर्ष ५५ दुर्घटना हुँदा १४ जनाको मृत्यु र ७३ जना घाइते भए । अघिल्लो वर्ष ८६ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।



पृथ्वी राजमार्ग (मुग्लिन–फिस्लिङ) खण्डमा गत वर्ष २२ दुर्घटना हुँदा ६ जनाको मृत्यु र ६२ जना घाइते भए । अघिल्लो वर्ष २८ दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्ष ४८ दुर्घटना हुँदा १० जनाको मृत्यु र ६२ जना घाइते भए । अघिल्लो वर्ष १०४ दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

पूर्व–पश्चिम राजमार्गमा गत वर्ष १२३ दुर्घटना हुँदा ३४ जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । अघिल्लो वर्ष २५५ दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो ।

प्रहरी प्रमुख थापाका अनुसार भित्री सडकमा ट्राफिक निगरानी सीमित हुनु, हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाउने र नयाँ चालकले अभ्यासका लागि यिनै सडक प्रयोग गर्ने प्रवृत्तिका कारण दुर्घटना बढी हुने गरेको छ ।

‘राजमार्गमा चालकहरू बढी सचेत देखिन्छन्, तर भित्री सडकमा लापरवाही बढी हुन्छ,’ उनले भने, ‘पछिल्ला पाँच वर्षको तथ्याङ्कले पनि भित्री सडकमा दुर्घटना, मृत्यु र घाइतेको संख्या अन्य सडकखण्डभन्दा बढी रहेको देखाउँछ ।’

उनका अनुसार भित्री सडकहरू कालोपत्रे भएसँगै सवारीसाधनको पहुँच बढेको छ । दुर्घटना न्यूनीकरणका लागि घर–घरमा ट्राफिक सचेतना अभियान आवश्यक रहेको उनको भनाइ छ ।

२० हजारभन्दा बढी सवारी कारबाहीमा

गत आर्थिक वर्ष चितवनमा २० हजार ८० सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । उनीहरूबाट १ करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट ५७ लाख ४९ हजार रुपैयाँ, ट्रक तथा टिपरबाट ३० लाख ९२ हजार ५ सय, बस तथा माइक्रोबाट २१ लाख १ हजार, जिप तथा कारबाट २६ लाख ९५ हजार, ट्याक्टरबाट २ लाख ६६ हजार तथा टेम्पो र अन्य सवारीबाट ३६ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष १ हजार ३७९ जना मापसे तथा १०० जना लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका छन् ।

हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा दरबन्दी र काज गरी ५८ जना ट्राफिक प्रहरी कार्यरत छन् । केही वर्षअघि यो संख्या ८१ सम्म पुगेको भए पनि कार्यालयको स्थायी दरबन्दी भने ३१ जना मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण- दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवम् महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारलगायतका विषयमा ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् । शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा ...
। कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान ...
। कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो । एचआरडी कोरियाबाट उत्पादनमूलक ...
। नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको हो । कांग्रेसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम