मुख्य समाचार
नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर
नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर

: नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।

नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । उनी त्यसबेलादेखि हिरासतमै छन् । उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ ।

बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसार पसार गरी विदेशी बालयौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरू गरेको थियो । २०७३ भदौ २४ गते काठमाडौं ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष कैद सजाय ठहर भएको थियो भने पुतवारलाई ४ वर्ष कैद सजाय ठहर भएको थियो ।

अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ । साथै कुम्ब्सले खिचेको पीडितको तस्विरहरू कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्। ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको ...
— भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन ...
: सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले निवेदन वा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित ...
: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका ...
— नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रदेशसभाका प्रमुख राजनीतिक शक्तिहरु कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नै मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यस अघिदेखि नै एमाले अध्यक्ष केपी ओलीले प्रदेशसभाका तीन प्रमुख दल नै मिलेर सत्ता साझेदारी गर्न गरिरहेको पहलप्रति संकेत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम