— काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा प्रहरीले महिलाको शव फेला पारेको छ ।
प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको निष्कर्षसहित प्रहरी अनुसन्धानमा जुटेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, मृत भेटिएकी महिला कैलालीको धनगढीकी निशा सुनार हुन् भन्ने खुलेको छ । तर, उमेरलगायत विस्तृत विवरण खुलिसकेको छैन ।
आइतबार होटलको कोठाबाट गन्ध आएपछि प्रहरी कन्ट्रोल १०० मा खबर गरिएको थियो । त्यसक्रममा प्रहरी पुगेर हेर्दा शव भेटिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनी कसैलाई भेट्न त्यो होटलमा गएकी थिइन् ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको छ । थप अनुसन्धान जारी छ ।