मुख्य समाचार
बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने
बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

— बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । एमाले बागमती प्रदेशको सोमबार बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने र पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो ।

काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी बागमती प्रदेशका विना विभागीय मन्त्री किरण थापाले अहिले सञ्चारमाध्यममा आएका राजीनामाका समाचारमा सत्यता नभएको र पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारे । ‘पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन जे आउँछ, त्यही गरिन्छ । सञ्चारमाध्यममा आएका राजीनामाका समाचार केवल हल्ला मात्र हुन्,’ मन्त्री थापाले भने ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बद्लिदो राष्ट्रिय राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै हतारमा निर्णय नगर्ने निष्कर्ष निकालिएको बताए । उनका अनुसार केन्द्रको निर्देशन, अन्य राजनीतिक दलसँगको संवाद तथा विकसित राजनीतिक अवस्थाको मूल्यांकनपछि मात्रै सरकारमा रहने वा बाहिरिनेबारे निर्णय हुनेछ । ‘हरेक दिन राजनीतिक परिस्थिति बदलिइरहेको छ । त्यसैले तत्काल सरकार छाड्ने निर्णय गरिएको छैन । केन्द्र र अन्य दलसंगको संवादपछि मात्रै अन्तिम निर्णय हुन्छ,’ उनले भने ।

बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ बाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिइएको छ भने ६ मन्त्रीलाई विनाविभागीय राखिएको छ ।

बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो । नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ ...
: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्। ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको ...
— भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन ...
: सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले निवेदन वा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित ...
: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम