मुख्य समाचार
प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताए
प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताए

— प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो ।

यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका थिए । उनकै नेतृत्वमा सन् २०२२ मा पनि फ्रान्स विश्वकपको फाइनल पुगेको थियो, तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित रह्यो । यसपल्टको विश्वकपमा पनि फ्रान्सको प्रदर्शन उच्च रह्यो र सेमिफाइनल हार अगाडि प्रतियोगिताकै सबैभन्दा राम्रो खेल्ने टिम रहेको थियो ।

तर अन्तिम चारमा भने स्पेनको हातबाट २–० ले पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेल पनि फ्रान्सले ६–४ ले गुमायो । पहिलो हाफसम्म फ्रान्स चार गोलले पछाडि रहेको थियो । उनले उत्तरी अमेरिकामा भएको विश्वकप पनि आफ्नो लागि सुखद नै रहेको प्रतिक्रिया दिए र त्यसका लागि उनले आफ्ना खेलाडी र सहयोगीलाई धन्यवाद पनि दिए ।

डेसच्याम्पले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘मानवीय आधारमा मेरो लागि अहिलेको यात्रा पनि धेरै खुसी दिने रह्यो । हामीले आठ साता जतिको समय सँगसँगै बितायौं । टिमको तयारीदेखि अहिलेसम्मको यात्राका अनेक सम्झनायक मोड रहे ।’ उनले फुटबलको दृष्टिकोणले भने आफ्नो टिम सेमिफाइनलमै रोकिनुलाई निराशजनक रहेको पनि स्विकारे ।

उनको दाबी थियो, टिम राम्रो गरेको पनि हो, तर अन्तिम तगारोमा असफल जस्तै रह्यो । उनले भने, ‘प्रतियोगिताका क्रममा हाम्रो प्रदर्शनमा धेरै सकारात्मक पक्ष रहे । स्पेनविरुद्धको खेलमा भने हामी चुकेकै थियौं । हाम्रोविरुद्ध त्यस खेलमा स्पेनको प्रदर्शन उच्च रह्यो ।’

अब उनीपछि फ्रान्सेली टिमको जिम्मेवारी जिनेदिन जिदानले सम्हाल्ने तय मानिएको छ । फ्रान्सेली लिजेन्डको नेतृत्वमा फ्रान्सेली फुटबलको भविष्य सुन्दर रहेको दाबी पनि ५७ वर्षीय डेसच्याम्पले गरे । उनले भने, ‘अहिले फ्रान्सेली टिममा निकै प्रतिभाशाली खेलाडीको बाहुल्यता रहेको छ । उनी अबको दिनमा अझ राम्रो खेलाडी हुनेछन् । फ्रान्सेली फुटबलका लागि प्रतिशाली खेलाडीको कहिले पनि कमी रहने छैन् र यसै कारण पनि राम्रो नतिजा आइरहने छन् ।’

२०१२ मा डेसच्याम्पले पहिलो पटक फ्रान्सेली टिम सम्हालेका थिए र त्यसको दुई वर्ष अगाडि मात्रै फ्रान्सेली टिम दक्षिण अफ्रिकामा भएको विश्वकपमा लज्जास्पद प्रदर्शनपछि घर फर्केको थियो । रुसमा विश्वकप जितेको दुई दशक अगाडि डेसक्याम्पले कप्तानकै रूपमा च्याम्पियन हुनुको सफलता हात पारेका थिए । उनको नेतृत्वमा फ्रान्सले लगातार चार विश्वकप खेल्यो ।

२०१४ मा फ्रान्स क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएको थियो र पछि त्यही टिमले विश्वकप पनि जितेको थियो । २०१६ को युरोमा पनि फ्रान्स फाइनलसम्म पुगेको थियो, तर पोर्चुगलसँग पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको खेलपछि फ्रान्सेली कप्तान किलियन एमबापेले भने, ‘डेसच्याम्पले फ्रान्सेली फुटबलमा पुर्‍याएको योगदान कहिल्यै बिर्सिने छैन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम