मुख्य समाचार
विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया
विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया

— विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’

उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्‍याउन पाएकोमा मैले आफूलाई भाग्यमानी मानेको छु ।’ यस्तै अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका फेरान टोरेसले पनि आफू असाध्यै खुसी रहेको बताएका छन् ।

उनले भने, ‘यो गोल खासमा चार करोड ७० लाख स्पेनीले गरेका हुन् ।’ उनले स्पेनको कुल जनसंख्यालाई इंगित गर्दै यस्तो भनेका हुन् । ‘जति बेला विपक्षी टिममा लियोनल मेसीजस्ता खेलाडी हुन्छन्, सबै आत्तिन्छन् नै । तर हामीले फेरि एकपटक टिम खेल खेल्यौं, आफैंमा निर्भर रहेर ।’

यस्तै गोल्डेन बल अवार्ड जितेका रोड्रीले पनि फाइनलपछि खुसी व्यक्त गर्दै भने, ‘मलाई लाग्छ, अहिले म बादलसँगै उडिरहेको छु । खेलअघि मैले सबै खेलाडीलाई विपक्षीसँग आँखा जुधाएर खेल्न भनेको थिएँ । एउटा खेलाडीले फेरि दोहोर्‍याएर विश्वकप जित्ने भन्ने नै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम