मुख्य समाचार
विदेशमा १ करोड लाग्ने डिग्री नेपालमा करिब १५ लाखमै पाइन्छ : आइप्यान अध्यक्ष केसी
विदेशमा १ करोड लाग्ने डिग्री नेपालमा करिब १५ लाखमै पाइन्छ : आइप्यान अध्यक्ष केसी

नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा ५६ वटा कलेज सञ्चालनमा छन् । तिनमा ३७ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । बेलायतका २८, मलेसियाका २०, अमेरिका, थाइल्यान्ड र भारतका २/२ तथा अस्ट्रेलिया र स्विट्जरल्यान्डका १/१ विश्वविद्यालयको सम्बन्धनमा नेपालमा कलेज सञ्चालनमा छन् । २०५६ मा पहिलो पटक विदेशी सम्बन्धनमा नेपालमा कलेज खुलेका थिए । तिनको नियमन गर्न सरकारले २०५९ मा निर्देशिका जारी गरेको थियो । साढे दुई दशकपछि सरकारले असार अन्तिम साता नियमावली पारित गरेको छ । विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली– २०८३, शिक्षा समता करलगायत समसामयिक विषयमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) का अध्यक्ष लक्ष्मण केसीसँग कान्तिपुरका सुदीप कैनीले गरेको कुराकानी :

वर्षौंदेखि निर्देशिकाअनुसार चलेका विदेशी विश्वविद्यालयको सम्बन्धनका कलेजलाई नियमन गर्न सरकारले नियमावली पारित गरेको छ, यसको प्रभाव कस्तो पर्ला ?

World Cup 2026
ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
कलेज स्थापना भएको २८ वर्षपछि सरकारले पहिलो पटक नियमावली ल्याएर नियमन गर्न खोजेको छ । यसको सकारात्मक नै प्रभाव पर्छ भन्ने हाम्रो बुझाइ छ । नेपालमा उच्च शिक्षाको थालनी नै विदेशी सम्बन्धनबाट भएको हो । त्रिभुवन विश्वविद्यालय खुल्नुअघि पटना विश्वविद्यालयको सम्बन्धनमा त्रिचन्द्र क्याम्पस थियो । पछि मात्र क्याम्पस त्रिविअन्तर्गत गएको हो । विदेशी कलेज खुल्दा अनुमति दिने कुनै स्पष्ट कानुनी प्रावधान थिएन । २०५९ मा निर्देशिका आयो । निर्देशिका कुनै पनि कानुनअनुसार आएको थिएन । त्यसपछि विवाद अदालतसम्म पुग्यो ।

अदालतले कानुन बनाएर यस क्षेत्रको नियमन गर्न सरकार र शिक्षा मन्त्रालयलाई आदेश दिँदै आएको थियो । हामीले पनि विदेशी शिक्षण संस्थालाई नियमन गर्न छुट्टै कानुनको माग राख्दै आएका थियौं । यसअघिका सरकारले पनि नियमावली ल्याउन मस्यौदा तयार पारेका थिए । तर विविध कारणले रोकिएको थियो । यो सरकारले अहिले अध्यादेशमार्फत शिक्षा ऐनमा संशोधन गर्दै विदेशी कलेज नियमनका लागि कानुन ल्याउन बाटो खोलेको छ ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
A degree that costs 10 million abroad can be obtained in Nepal for about 1.5 million: IPAN President, KC
लक्ष्मण केसी, अध्यक्ष, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) । तस्बिर : दीपक केसी/कान्तिपुर

विश्व वरीयतामा एक हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालन गर्ने, भौतिक पूर्वाधार, विद्यार्थीमा भर्ना र कोटा, १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेलगायत मापदण्ड तोकेको छ, नेपालमा सञ्चालित कलेजले यी मापदण्ड पूरा गर्न सक्लान् ?

नेपालमा सञ्चालित विदेशी कलेजले अहिले नेपालमा ३७ हजार विद्यार्थीलाई रोकेका छन् विश्व वरीयताको हकमा टाइम्स हायर एजुकेसन र क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍यांकिङजस्ता कुरा गरिएको छ । नेपालमा कार्यक्रम सञ्चालन गर्ने प्रायः विश्वविद्यालय यसभित्र पर्छन् । नपर्नेलाई ५ वर्षको समय दिइएको छ । हामीले र्‍यांकिङभन्दा एक्रिडिटेसन (गुणस्तर सुनिश्चितता) तिर जानुपर्छ भनेका थियौं । तर सरकारले गुणस्तर सुनिश्चित गर्ने आधार र्‍यांकिङलाई बनाउन खोजेको देखिन्छ ।

ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
भौतिक पूर्वाधारको हकमा ५ वर्षभित्र ३ रोपनी जग्गा खरिद गर्नुपर्ने र १० वर्षभित्र आफ्नै भवन बनाउनुपर्ने व्यवस्था छ । काठमाडौंको रिङरोडभित्र ३ रोपनी जग्गा खरिद गर्न ७०–८० करोड र भवन बनाउँदा कुल डेढ अर्ब रुपैयाँ जति लगानी हुने देखिन्छ । यो ठूलो लगानी हो । हामी गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध भएकाले यो मापदण्ड पालना गर्न सहमत भएका हौं । सरकार खुला रूपमा छलफल गर्न तयार भएन । सरकारले जग्गाजमिन लिजमा लिएर पनि शिक्षण संस्था स्थापना गर्न सक्ने नीति लिन सक्थ्यो । तर त्यसो हुन सकेन । १० प्रतिशत छात्रवृत्ति दिने कुरामा हामी पूर्ण सहमत छौं । यसअघि पनि दिइएकै हो ।

वार्षिक एक लाखभन्दा बढी विद्यार्थी विदेशी डिग्रीका लागि विदेश जाने गरेका छन्, नियमावली आएपछि शैक्षिक गुणस्तर र विद्यार्थी–अभिभावकले कस्तो लाभ प्राप्त गर्छन् ?

पछिल्लो तथ्यांकअनुसार वर्षमा १ लाख २३ हजार विद्यार्थी विदेशिन्छन् । विदेश जाने मुख्य कारण गुणस्तरीय शिक्षा र रोजगारी हुन् । नेपालमा सञ्चालित विदेशी कलेजले अहिले नेपालमा ३७ हजार विद्यार्थीलाई रोकेका छन् । विदेशमा १ करोड लाग्ने डिग्री नेपालमा करिब १५ लाखमै उपलब्ध छ । थप विद्यार्थी रोक्न नेपालमा पढ्दै कमाउँदै, सहज शैक्षिक कर्जा, आंशिक काम गर्न पाउनुपर्ने व्यवस्था र रात्रिकालीन व्यवसाय चल्ने वातावरण बनाउनुपर्छ ।

विदेश पढ्न जाँदा सजिलै ऋण पाउने तर नेपालमै पढ्छु भन्दा ऋण नपाउने अवस्था अन्त्य हुनुपर्छ । शैक्षिक उपाधि प्राप्त नगर्ने कार्यक्रममा पनि एनओसी दिने प्रावधानले पनि विदेश जाने विद्यार्थीको संख्या धेरै देखिएको हो । यसलाई सरकारले रोक्नुपर्छ । अहिले नेपालबाट विदेशिने विद्यार्थीसँगै वार्षिक करिब डेढ खर्ब पैसा पनि बाहिरिइरहेको छ । हामीले नीतिगत सुधार गरेर विदेशी विद्यार्थी ल्याउन सक्यौं भने यसले शिक्षा र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्छ ।

ads/ekantipur-6800x1100px-0442026081853.jpg
विदेशी विद्यार्थी नेपालमा ल्याउने सम्भावना कस्तो छ ? यसका लागि राज्यले के गर्नुपर्ला ?

हामी विदेश पढ्न जान चाहने विद्यार्थीलाई त्यो स्तरको पढाइ नेपालमा नै दिन चाहन्छौं । र, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको हब बनाउन चाहन्छौं । तर अहिलेको नेपालको भिसा प्रक्रिया झन्झटिलो छ । यसलाई सहज बनाउनुपर्छ । विदेशी विद्यार्थीले कलेजको ‘अफर लेटर’ कै आधारमा भिसा पाउने र अध्ययन अवधिभरका लागि भिसा सुनिश्चित हुने व्यवस्था हुनुपर्छ । अहिलेसम्म पहिले पर्यटक भिसामा आउने र भर्ना पाएपछि मात्रै विद्यार्थी भिसा पाउने अवस्था छ ।

यसले विदेशी विद्यार्थी आकर्षित हुन सकेका छैनन् । श्रम कानुनमा सुधार गरेर पढ्दै काम गर्न पाउने व्यवस्था पनि गरिनुपर्छ । सरकार, विश्वविद्यालय, शिक्षण संस्था र निजी क्षेत्रको सहकार्यमा पढाइपछि रोजगारीको सुनिश्चितता हुने ग्यारेन्टी गरिनुपर्छ । बंगलादेश, पाकिस्तान, म्यानमार, इन्डोनेसिया, कम्बोडिया र अफ्रिकी देशहरूबाट विद्यार्थी ल्याउन सक्ने सम्भावना छ । नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्र र विश्वभरका नेपालीभाषीलाई पनि आकर्षित गर्न सकिन्छ ।

ads/6800x1100px-1532026090118.jpg
A degree that costs 10 million abroad can be obtained in Nepal for about 1.5 million: IPAN President, KC

नियमावलीमा सरकारले सञ्चालनमा रहेका कलेजलाई खुकुलो तर नयाँ खुल्ने कलेजका लागि कडा मापदण्ड ल्याएर एकाधिकार कायम गर्न खोजेको आरोप पनि छ नि ?

अहिले नेपालबाट विदेशिने विद्यार्थीसागै वार्षिक करिब डेढ खर्ब पैसा पनि बाहिरिइरहेको छनियमावलीले एकाधिकार सिर्जना गर्दैन । नयाँ–पुराना दुवै कलेजलाई एउटै मापदण्ड लागू हुन्छ । ३ रोपनी जग्गा र आफ्नै भवन हुनुपर्ने आधारभूत मापदण्ड एउटै हो । सञ्चालनमा रहेका कलेजलाई जग्गा किन्न ५ वर्ष र आफ्नै भवन बनाउन १० वर्षको समय दिइएको छ । फरक यति मात्र हो । नयाँ खुल्ने कलेजले सुरुमै जग्गा खरिद गरेर अनुमति लिनुपर्ने र ५ वर्षभित्र भवन बनाइसक्नुपर्ने प्रावधान छ ।

ads/gd-15320260905101-2232026054713.jpg
ads/250x250-1-0362026011143.png
सञ्चालनमा रहेका कलेजलाई दिइएको सहुलियत व्यावहारिक आवश्यकता हो । सुरुमै यस्तो कडा नियम हुन्थ्यो भने धेरै कलेज यस क्षेत्रमा आउने थिएनन् । नयाँ लगानीकर्ता स्पष्ट प्रतिबद्धता र आवश्यक पुँजीसहित आउनुपर्ने र यसले गुणस्तर सुधार्न मद्दत पुग्ने व्यवस्था सरकारले गरेको होला । बैंकलगायत अन्य क्षेत्रमा
पनि पुँजी वृद्धि गर्दै लैजाने नीति छ । यो व्यवस्थाले नयाँ कलेजहरूलाई रोक्दैन ।

विश्वविद्यालयको पाठ्यक्रमअनुसार कलेज सञ्चालन हुन्छन् तर नियमावलीले विदेशी कलेजमा पनि नेपाल अध्ययन विषय अनिवार्य भनेको छ, यसको पठनपाठन कसरी हुन्छ ?

नेपाल अध्ययनको पाठ्यक्रम कलेज सञ्चालकहरूको साझा संस्था आइप्यान आफैंले बनाएर शिक्षा मन्त्रालयलाई बुझाएको छ । कलेजहरूले आफ्नै खर्चमा विज्ञ परिचालन गरी यो पाठ्यक्रम तयार पारेका हुन् । विदेशी विद्यार्थीलाई समेत ध्यानमा राखेर अंग्रेजी माध्यममा पठनपाठन हुने व्यवस्था गरिएको छ । यो विषय नेपाली भाषामा मात्र हुन्थ्यो भने विदेशी विद्यार्थीका लागि समस्या हुने थियो ।

पाठ्यक्रममा नेपालको इतिहास, भूगोल, आर्थिक सामर्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध, जाति, भाषा, संस्कृति र संघीय लोकतान्त्रिक प्रणालीजस्ता विषय समेटिएका छन् । विद्यार्थीले यहाँको सभ्यता, संस्कृति र राजनीतिक संरचनाका बारेमा आधारभूत जानकारी पाऊन् भन्ने उद्देश्यले यो विषय अनिवार्य गरिएको हो ।

सरकारले बजेटमार्फत शिक्षा क्षेत्रमा ३ प्रतिशत समता शुल्क लिने भनेको छ, यसको विरोध पनि भइरहेको छ, आइप्यानको धारणा के हो ?

हामीले शिक्षा समता करको विरोध गर्दै आएका छौं । यसले विद्यार्थी र अभिभावकलाई मर्का पर्ने हो । यो व्यवस्था संविधानको मर्मविपरीत पनि छ । नेपालले समाजवादउन्मुख अर्थतन्त्रको बाटो लिएको सन्दर्भमा शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता आधारभूत आवश्यकतामा कर लगाउनु उचित हुँदैन । कलेजले विद्यार्थी, अभिभावकबाट लिने शुल्कमा ३ प्रतिशत थपिने हुँदा यसले सर्वसाधारण वा सामान्य नागरिकलाई असर गर्छ । जो आफ्ना सन्तान निजी शिक्षण संस्थामा पढाउँछन्, उनीहरूलाई सिधै आर्थिक असर पर्छ । वैदेशिक विश्वविद्यालयको सम्बन्धनमा चलेका कलेजका लागि यो झन् बोझिलो हुने देखिएको छ ।

विद्यार्थीलाई प्रत्येक शुल्कमा बिल काट्दा ३ प्रतिशत समता शुल्क तिर्नुपर्ने भनेको छ । विदेशी विश्वविद्यालयलाई शुल्क भुक्तानी गर्दा थप ५ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने प्रावधान छ । जसले गर्दा कुल कर भार ८ प्रतिशत पुग्नेछ । कलेजले मन्त्रालयलाई बुझाउने प्रतिविद्यार्थी १५ सय रुपैयाँमा पनि यो कर जोडिने हुँदा करमाथि कर थुप्रिने अवस्था सिर्जना भएको छ । सरकारले सामुदायिक र सार्वजनिक शिक्षण संस्थाको गुणस्तर सुधार गर्नुको साटो निजीमा कर थोपरेको छ । सरकारले अभिभावकमाथि अन्यायपूर्ण भार थप्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो । नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ ...
: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्। ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको ...
— भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन ...
: सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले निवेदन वा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित ...
: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम