। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट मात्रै ६० जना पक्राउ परेका छन् । ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना पक्राउ परेका छन् ।
उनीहरु सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ६ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।