मुख्य समाचार
नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख
नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

। १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ ।

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गर्‍यो । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो ।


बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्‍यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । जितका लागि भने अतिरिक्त समय नै कुर्नुपर्‍यो ।

नयाँ पुस्ताको स्वर्णिम उदय

एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारसँगै पुनः शिखरमा पुगेको छ ।

लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो ।

स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड प्राप्त गरे । गोल्डेन ग्लभ्समा पनि स्पेनकै गोलकिपर उनाइ सिमोनको कब्जा रह्‍यो ।

विश्वकपअघि नै युरोपेली च्याम्पियन बनेको स्पेनले अब केही वर्ष विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्ने संकेत दिएको छ ।

प्रभावशाली विजय यात्रा

स्पेनले समूह चरणमा अपेक्षाअनुसार सहज सुरुआत भने गर्न सकेको थिएन । पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो । अन्तिम खेलमा उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुग्यो ।

राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहज रूपमा हराएको स्पेनले त्यसपछि पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित गर्‍यो । दुवै खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा भने स्पेनले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्यो । लामो समय बल नियन्त्रणमा राख्दै फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाएको स्पेनले प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

अनुभवीले सम्हाले, युवाले जिताए

स्पेनको सफलताको केन्द्रमा सामूहिक प्रदर्शन रह्यो । रोड्रीले प्रतियोगिताभर मिडफिल्ड नियन्त्रण गरे भने फाबियन रुइजले खेलको गति निर्धारण गरे । रक्षापङ्क्तिमा लापोर्ट र कुबार्सीको जोडी उत्कृष्ट रह्यो भने गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताभर एक गोल मात्र बेहोरे ।

युवा सनसनी लामिन यमालले गोल र असिस्टमा खासै योगदान नदिएपनि विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गरे । प्रतियोगिताभर सबैभन्दा धेरै सफल ड्रिबल गर्ने खेलाडीमध्ये परेका उनले फाइनलमा पनि आफ्नो प्रभाव देखाएका थिए ।

यस्तै स्पेनका लागि फरक खेलमा फरक खेलाडीहरूले योगदान दिए । समूह चरणका खेलहरूमा मिकेल ओयरजाबाल, डानी ओल्मो, लामिन यमालजस्ता खेलाडीहरूले गोल गरेका थिए ।

नकआउट चरणमा आइपुग्दा मिकेल मेरिनो बेन्चबाट आएर चम्किनेदेखि पेड्रो पोरो र फेरान टोरेससम्मले गोल गरे । यसले पनि स्पेनको टोलीमा रहेका हरेक खेलाडीको शतप्रतिशत एफर्ट रहेको देखिन्छ ।

डिफेन्समा पनि लापोर्टको अनुभवसँगै युवा पाउ कुबार्सी, पेड्रो पोरो र मार्क कुकुरेला उत्कृष्ट रहे ।

स्पेनी फुटबलको नयाँ युग

सन् २०१० मा विश्वकप जितेर २०१४ र २०१८ मा देखिएको निराशा तथा २०२२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि स्पेनी फुटबल फेरि विश्वको सर्वोच्च स्थानमा फर्किएको छ ।

यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत पनि हो ।

यस जितसँगै स्पेनले युरोपेली च्याम्पियन र विश्व च्याम्पियन दुवैको हैसियत कायम राख्दै विश्व फुटबलमा नयाँ स्वर्णिम अध्याय सुरु गरेको छ ।

स्पेनले सन् २०२४ मा भएको युरोकपको उपाधि पनि जितेको थियो, त्यसको दुई वर्षपछि विश्व फुटबलकै सबैभन्दा उच्च ओहोदाको ट्रफी पनि जित्न सफल भयो ।

फाइनलको कथा

फाइनल खेल रणनीतिक हिसाबले एकपक्षीय देखिएको थियो । स्पेनले सुरुवातदेखि निरन्तर अट्याक गरिरहँदा गोल भने निस्कन सकेको थिएन । अर्जेन्टिनाले भने स्पेनको अट्याकिङ विफल बनाइरहँदा खासै अट्याक बुन्न सकेको थिएन ।

निर्धारित ९० मिनेटमा पनि कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि पहिलो हाफमा भने कुनै गोल भएको थिएन । दोस्रो हाफको सुरुवातमै १०६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसपछि बाँकी १४ मिनेट र थपिएको ५ मिनेटमा अर्जेन्टिनाले गोल फर्काउन प्रयास गरेपनि सफल हुन सकेन र टोरेसको गोल नै निर्णायक बन्यो ।

स्पेनको विश्वकप २०२६ यात्रा

समूह चरण

स्पेन ०-० केप भर्डे
स्पेन ४-० साउदी अरेबिया
स्पेन १-० उरुग्वे

राउन्ड अफ ३२

स्पेन ३-० अस्ट्रिया

राउन्ड अफ १६

स्पेन १-० पोर्चुगल

क्वार्टरफाइनल

स्पेन २-१ बेल्जियम

सेमिफाइनल

स्पेन ३-० फ्रान्स

फाइनल

स्पेन १-० अर्जेन्टिना

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम