मुख्य समाचार
नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख
नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

। १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ ।

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गर्‍यो । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो ।


बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्‍यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । जितका लागि भने अतिरिक्त समय नै कुर्नुपर्‍यो ।

नयाँ पुस्ताको स्वर्णिम उदय

एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारसँगै पुनः शिखरमा पुगेको छ ।

लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो ।

स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड प्राप्त गरे । गोल्डेन ग्लभ्समा पनि स्पेनकै गोलकिपर उनाइ सिमोनको कब्जा रह्‍यो ।

विश्वकपअघि नै युरोपेली च्याम्पियन बनेको स्पेनले अब केही वर्ष विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्ने संकेत दिएको छ ।

प्रभावशाली विजय यात्रा

स्पेनले समूह चरणमा अपेक्षाअनुसार सहज सुरुआत भने गर्न सकेको थिएन । पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो । अन्तिम खेलमा उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुग्यो ।

राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहज रूपमा हराएको स्पेनले त्यसपछि पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित गर्‍यो । दुवै खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा भने स्पेनले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्यो । लामो समय बल नियन्त्रणमा राख्दै फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाएको स्पेनले प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

अनुभवीले सम्हाले, युवाले जिताए

स्पेनको सफलताको केन्द्रमा सामूहिक प्रदर्शन रह्यो । रोड्रीले प्रतियोगिताभर मिडफिल्ड नियन्त्रण गरे भने फाबियन रुइजले खेलको गति निर्धारण गरे । रक्षापङ्क्तिमा लापोर्ट र कुबार्सीको जोडी उत्कृष्ट रह्यो भने गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताभर एक गोल मात्र बेहोरे ।

युवा सनसनी लामिन यमालले गोल र असिस्टमा खासै योगदान नदिएपनि विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गरे । प्रतियोगिताभर सबैभन्दा धेरै सफल ड्रिबल गर्ने खेलाडीमध्ये परेका उनले फाइनलमा पनि आफ्नो प्रभाव देखाएका थिए ।

यस्तै स्पेनका लागि फरक खेलमा फरक खेलाडीहरूले योगदान दिए । समूह चरणका खेलहरूमा मिकेल ओयरजाबाल, डानी ओल्मो, लामिन यमालजस्ता खेलाडीहरूले गोल गरेका थिए ।

नकआउट चरणमा आइपुग्दा मिकेल मेरिनो बेन्चबाट आएर चम्किनेदेखि पेड्रो पोरो र फेरान टोरेससम्मले गोल गरे । यसले पनि स्पेनको टोलीमा रहेका हरेक खेलाडीको शतप्रतिशत एफर्ट रहेको देखिन्छ ।

डिफेन्समा पनि लापोर्टको अनुभवसँगै युवा पाउ कुबार्सी, पेड्रो पोरो र मार्क कुकुरेला उत्कृष्ट रहे ।

स्पेनी फुटबलको नयाँ युग

सन् २०१० मा विश्वकप जितेर २०१४ र २०१८ मा देखिएको निराशा तथा २०२२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि स्पेनी फुटबल फेरि विश्वको सर्वोच्च स्थानमा फर्किएको छ ।

यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत पनि हो ।

यस जितसँगै स्पेनले युरोपेली च्याम्पियन र विश्व च्याम्पियन दुवैको हैसियत कायम राख्दै विश्व फुटबलमा नयाँ स्वर्णिम अध्याय सुरु गरेको छ ।

स्पेनले सन् २०२४ मा भएको युरोकपको उपाधि पनि जितेको थियो, त्यसको दुई वर्षपछि विश्व फुटबलकै सबैभन्दा उच्च ओहोदाको ट्रफी पनि जित्न सफल भयो ।

फाइनलको कथा

फाइनल खेल रणनीतिक हिसाबले एकपक्षीय देखिएको थियो । स्पेनले सुरुवातदेखि निरन्तर अट्याक गरिरहँदा गोल भने निस्कन सकेको थिएन । अर्जेन्टिनाले भने स्पेनको अट्याकिङ विफल बनाइरहँदा खासै अट्याक बुन्न सकेको थिएन ।

निर्धारित ९० मिनेटमा पनि कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि पहिलो हाफमा भने कुनै गोल भएको थिएन । दोस्रो हाफको सुरुवातमै १०६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसपछि बाँकी १४ मिनेट र थपिएको ५ मिनेटमा अर्जेन्टिनाले गोल फर्काउन प्रयास गरेपनि सफल हुन सकेन र टोरेसको गोल नै निर्णायक बन्यो ।

स्पेनको विश्वकप २०२६ यात्रा

समूह चरण

स्पेन ०-० केप भर्डे
स्पेन ४-० साउदी अरेबिया
स्पेन १-० उरुग्वे

राउन्ड अफ ३२

स्पेन ३-० अस्ट्रिया

राउन्ड अफ १६

स्पेन १-० पोर्चुगल

क्वार्टरफाइनल

स्पेन २-१ बेल्जियम

सेमिफाइनल

स्पेन ३-० फ्रान्स

फाइनल

स्पेन १-० अर्जेन्टिना

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो । यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका ...
— विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’ उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्‍याउन पाएकोमा मैले ...
: फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा‌ अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे। खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले ...
। हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो ...
। इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् । ‘तपाईंहरूको सुन्दर देश भ्रमण गर्न एक दिन अवश्य आउनेछु। नेपालबारे धेरै राम्रो कुरा सुनेको छु’ पिटरसनले भनेका छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम