मुख्य समाचार
इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त
इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त

। इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् ।

‘तपाईंहरूको सुन्दर देश भ्रमण गर्न एक दिन अवश्य आउनेछु। नेपालबारे धेरै राम्रो कुरा सुनेको छु’ पिटरसनले भनेका छन् ।

वन्यजन्तु संरक्षणप्रति आफू निकै प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विशेषगरी गैँडाप्रति आफ्नो प्रेम रहेको पनि बताएका छन् ।


‘तपाईंहरूलाई थाहा छ, म वन्यजन्तु संरक्षणप्रति कति प्रतिबद्ध छु र मलाई गैँडा कति मनपर्छ। एक दिन म नेपाल आउँदैछु, त्यो दिनको म प्रतीक्षामा छु’ उनले भनेका छन् ।

पिटरसन वन्यजन्तु संरक्षण अभियानमा सक्रिय रहँदै आएका छन् र विशेषगरी अफ्रिकामा गैँडा संरक्षणका लागि विभिन्न अभियानमा संलग्न हुँदै आएका छन् ।

केही दिनअघि मात्र पिटरसन आईसीसीको हल अफ फेममा पनि समावेश भएका थिए । उनी इंग्ल्यान्डका महान् क्रिकेटरमध्ये एक हुन् ।

एनपीएलको पेजबाट उक्त सन्देशसहितको भिडियो राखिएको हुँदा उनी एनपीएलका बेला आउन सक्ने सम्भावना देखिन्छ । यसअघि एनपीएलको पहिलो सिजनमा वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा नेपाल आएका थिए ।

यस्तै केही महिनाअघि इंग्ल्यान्डका अर्का क्रिकेटर एन्ड्र्यु फ्लिन्टफ पनि नेपालमा थिए । इंग्ल्यान्ड र नेपालबीच कीर्तिपुरमै टी-२०आई शृङ्खला हुने चर्चा पनि केही समय अघिदेखि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम