मुख्य समाचार
कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गर्ने
कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गर्ने

। नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गर्ने भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बीपी कोइरालाको ४४ औं स्मृति दिवस यही श्रावण ६ गते काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भव्य रूपमा सम्पन्न गर्ने,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

यस्तै, आवश्यकता अनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायतका विभिन्न समितिहरू गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ । लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ । अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि ...
। चितवन र मुगुमा महिलाका शव फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५–४० वर्षीया महिलाको शव भेटिएको हो । उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैगरी मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । हिजो साँझ करिब ...
। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट मात्रै ६० जना पक्राउ परेका छन् । ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना पक्राउ परेका छन् । उनीहरु सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ६ जना फरार प्रतिवादीलाई पनि पक्राउ ...
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बू रहेका छन् । घटना गएराति करिब बाह्र बजेको हो । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर ...
। सप्तरीको बोदेबरसाइन बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरेको आरोपमा पक्राउ परेका सबै ६ जना हाजिरी जमानीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय बोदेबरसाइनको टोलीले शनिबार राति करिब ११ बजे बोदेबरसाइन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई आइतबार कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय कडबोनाका ...