मुख्य समाचार
साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड
साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड

। साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको हो ।

साउनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको महिनाको रुपमा मान्छन् भने शिवकै आरधाना गरेर मनाउने गर्छन् । साउनमा चुरा पोतेसँगै मेहेन्दी लगाउने चलन छ । इन्द्रचोकका पोते पसलमा अहिले भ्याइनभ्याइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्।जसमा २० जना त सचिवमात्रै छन्।राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्। जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ ...
। सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि आएको लेदो र ढुंगामाटोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको छ। सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू राजमार्गमै ...
। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ । दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक ...
: आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि ...