मुख्य समाचार
ब्यारेजका २८ ढोका खोलियो, बालियो रातो बत्ती
ब्यारेजका २८ ढोका खोलियो, बालियो रातो बत्ती

। निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ। त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३९० क्यूसेक मापन गरिएको थियो।

पानीको बहाव खतराको तहनजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ।

साथै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई संस्थापन इतर (देउवा समूह)ले पाँच बुँदे प्रस्ताव गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र कार्यसम्पादन पनि थापाको बहुमत हुने गरी समिति बनाउने प्रस्ताव गरेको हो। यस्ता छन् पाँच प्रस्ताव : १) ...
: चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्।जसमा २० जना त सचिवमात्रै छन्।राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्। जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ ...
। सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि आएको लेदो र ढुंगामाटोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको छ। सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू राजमार्गमै ...
। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ । दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक ...