मुख्य समाचार
संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताए
संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताए

। नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्‌मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् ।

‘हामीले अहिलेको विशेष अवस्थाको संसदलाई विशेष नै बनाउन चाहान्छौं । त्यसका लागि हाम्रा प्रयत्नमात्र पूर्ण हुँदैनन् । यसमा साथीहरुको साथको सहयोगको धेरै महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्रीसमेत रहेकी अर्यालले भनिन् ।

उनले संसदमार्फत जनताका समस्या र आवाज सरकारसम्म पुर्‍याउने, आफ्ना कुरा जनस्तरसम्म पुगेको अनुभूति दिलाउने तथा सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको दृष्टिकोण स्पष्ट रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।


‘सरकारले गलत काम गरेको अवस्थामा संसदबाट प्रभावकारी खबरदारी गर्दै सही र्ट्याकमा ल्याउने र हाम्रो आवाजलाई अझ वजनदार तथा प्रभावकारी बनाउने विषय अहिलेका प्रमुख प्राथमिकता हुन्,’ उनले भनिन् ।

अर्यालले संसद पार्टीको विचार, नीति र कार्यशैली जनतासम्म पुर्‍याउने महत्वपूर्ण मञ्च भएकाले सांसदहरूको प्रस्तुति बौद्धिक, तार्किक र तथ्यमा आधारित हुनुपर्ने बताइन् ।

उनले सांसदहरूलाई आवश्यक अध्ययन, तयारी र समन्वयमा पार्टी नेतृत्व तथा विषयगत विज्ञहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको अभाव नभई खोजी र परामर्शको कमी हुन सक्ने टिप्पणी गरिन् ।

‘साथीहरूले खोजेनन्, भेटेनन्, सल्लाह लिएनन् भन्ने गुनासो हुन सक्छ । तर सहयोग गर्ने कुरामा कुनै समस्या हुँदैन भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ अर्यालले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुन्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ । पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने प्रस्ट पारे । समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती ...
। स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको ...