मुख्य समाचार
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते

: मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिबार अपराह्न करिब साढे १२ बजे एसएस कलेजबाट बाटो काटी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमि चोकबाट राधेराधेतर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी–२ घर भई काठमाडौंको तीनकुने बस्ने १९ वर्षीय कविर कार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक कुमार कार्कीले बताए । दुर्घटनापछि गम्भीर घाइते भएका कविरको मध्यपुर अस्पतालमा उपचारको क्रम्मा ज्यान गएको उनले जानकारी गराए ।

उनले चलाएको मोटरसाइकल पछाडि सवार काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीया आलिया विक गम्भीर घाइते भएकी छन् र उनको सघन उपचार भइरहेको प्रहरीको भनाइ छ । अर्को मोटरसाइकलका चालक भने सकुशल रहेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–२ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय मनीष राई सामान्य उपचारपछि डिस्चार्ज भएका हुन् । उनलाई प्रहरी बृत्त थिमिले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले कोशीका प्रमुख सचेतक रमेशकुमार बस्नेतले प्रदेश सरकार परिवर्तनको निर्णयले मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । च्यासलमा आयोजित एक कार्यक्रममा बस्नेतले कोशी प्रदेश सभाको अवस्था अन्यत्रसँग मिल्दो नरहेको ब्रिफिङ गरेका छन् । एमालेका संघीय सांसदहरू, प्रदेश संसदीय नेताका नेताहरू र पार्टीका विभागीय प्रमुखहरूसँग अन्तरक्रिया राखेको थियो । उक्त अन्तरक्रियामा भाग लिन आएका बस्नेतले ...
। साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको हो । साउनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको महिनाको रुपमा मान्छन् भने शिवकै आरधाना गरेर मनाउने गर्छन् । साउनमा चुरा पोतेसँगै मेहेन्दी लगाउने चलन छ ...
। निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी गरेका छन् । आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ अध्यक्ष ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा ...
। नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्‌मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । ‘हामीले ...