मुख्य समाचार
जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिए
जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिए

: जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। अमेरिकामा सरोगेट आमा (सेरोगेसी) मार्फत सन्तान जन्माएको विषयमा ‘दोहोरो चरित्र’ देखाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।

जर्मनीमा सरोगेसी पूर्णरूपमा प्रतिबन्धित छ। स्पान आबद्ध क्रिस्टियन डेमोक्र्याट पार्टी (सीडीयू) र स्वयं स्पानले विगतमा यो नीतिको वकालत गर्दै आएका थिए। यद्यपि, विदेशमा सरोगेट आमाबाट जन्मेको बच्चालाई जर्मनीमा ल्याएर हुर्काउनु भने गैरकानुनी मानिँदैन।

शनिबार एक विज्ञप्ति जारी गर्दै ४६ वर्षीय स्पानले भने, ‘मैले यो महसुस गरेको छु कि मेरो व्यक्तिगत खुसी—मेरो श्रीमानसँग मिलेर परिवार बसाल्ने र बुबा बन्ने निर्णय—मेरो राजनीतिक पदसँग मेल खान सकेन।’

जर्मन चान्सलर तथा सीडीयूका नेता फ्रेडरिक मर्जले स्पानको निर्णयलाई ‘सही’ र ‘अपरिहार्य’ भनेका छन्। सञ्चारमाध्यममा टिप्पणी गर्दै मर्जले भने, ‘राजनीतिमा विश्वसनीयता नै सबैभन्दा ठूलो सम्पत्ति हो। म अब स्पानको उत्तराधिकारी चयन गर्ने प्रक्रिया चाँडै सुरु गर्नेछु।’

स्पान र उनका श्रीमान ड्यानियल फुन्के हालै मात्र सरोगेसीमार्फत अभिभावक बनेका थिए। यो विषय सार्वजनिक भएपछि आफ्नै पार्टी र अन्य दलका नेताहरूबाट उनको तीव्र आलोचना भएको थियो।

राजीनामा घोषणा गर्दै स्पानले थपे, ‘सरोगेसीमार्फत बच्चा जन्माउने मेरो निजी निर्णय र संसदीय दलको अध्यक्षका रूपमा ममाथि गरिएको अपेक्षाबीचको सन्तुलन मिलाउन मैले सोचेभन्दा बढी कठिन भयो। सार्वजनिक बहसहरूमा बढ्दै गएको कठोरताले मलाई गहिरो रूपमा सोच्न बाध्य बनाएको छ।’सीडीयूका नेता ड्यानियल पिटर्सले भने स्पानको कदमको कडा आलोचना गरेका थिए। स्पानको राजीनामा आउनुअघि उनले भनेका थिए, ‘जर्मन कानुनलाई बेवास्ता गर्दै निजी जीवनमा एउटा र पार्टीको नीतिका रूपमा अर्को कुराको वकालत गर्नु पूर्ण रूपमा गलत हो। यो दोहोरो मापदण्डका कारण उनी पदमा रहिरहनु उपयुक्त हुँदैन।’

जर्मनीको सन् १९९० को भ्रुण संरक्षण ऐन अनुसार सरोगेसी गराएमा तीन वर्षसम्मको जेल सजाय वा जरिवाना हुने व्यवस्था छ। सन् २०२० मा स्वास्थ्यमन्त्री रहँदा स्पानले सरोगेसीको प्रतिबन्ध खुकुलो पार्ने प्रस्तावको विरोध गरेका थिए भने सन् २०१५ मा आफू समलिंगी र इसाई भएकाले सरोगेसीको अवधारणा स्वीकार गर्न गाह्रो हुने टिप्पणी गरेका थिए।

स्पानको राजीनामापछि क्रिस्चियन सोसल युनियन संसदीय दलका प्रमुख अलेक्जेन्डर होफम्यानले नयाँ उत्तराधिकारी चयन नभएसम्मका लागि उनको जिम्मेवारी सम्हाल्ने जर्मन सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम