मुख्य समाचार
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन

: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन् । चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले जानकारी लिएका हुन् ।

मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गरे । छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिइएको थियो ।

उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकहरूले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीयस्तरमा देखिएका समस्याकाबारेमा आफ्ना सुझाव राखेका थिए । अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताए । यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

अनुगमनमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा र मन्त्रीका सल्लाहकार सरोज गौतमलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ...
। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ । लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको ...
। गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले विदेशीले नेपालको सांस्कृतिक सम्पदा सर्वेक्षण गर्दा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो व्यवस्था प्रस्ताव गरेका हुन् । यस निम्ति प्रस्तावित विधेयकमा देहायका नयाँ दफा थपेर ‘विदेशी व्यक्ति वा संस्थाद्वारा गरिने अभिलेखीकरणसम्बन्धी विशेष व्यवस्था’ गर्ने उनको ...
। नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन्। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन ...