मुख्य समाचार
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताए
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताए

: उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभइ उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।

निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभए पनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनले बताए । उनले आफूहरुको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत नदेखिएको तर्क गरे ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चूनौतिको सामना गर्न पनि तयार रहेको बताए । अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठुलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।

उनले बर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरुले गर्ने उनको भनाइ छ । उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको संघको चुनावमा उज्यालो नेपाल बाहेक जनताले अरु कुनै पार्टी नरोज्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ...
। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ । लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको ...
। गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले विदेशीले नेपालको सांस्कृतिक सम्पदा सर्वेक्षण गर्दा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो व्यवस्था प्रस्ताव गरेका हुन् । यस निम्ति प्रस्तावित विधेयकमा देहायका नयाँ दफा थपेर ‘विदेशी व्यक्ति वा संस्थाद्वारा गरिने अभिलेखीकरणसम्बन्धी विशेष व्यवस्था’ गर्ने उनको ...
। नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन्। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन ...