मुख्य समाचार
कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

: झापाको गौरीगञ्जमा कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ जिल्ला रतुवामाई–५ गोविन्दपुर निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजे हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्ण खोला छेउमा पश्चिम विराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक इस्लामलाई दमक अस्पताल दमक पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै मोटरसाइकलमा पछाडि सवार मोजाबुल हकलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो । डाक्टरले चेकजाँच गर्दा उनको पनि मृत्यु भइसकेको थियो । कार चालक विराटनगर–१३ निवासी ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन् । उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्‌मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । ‘हामीले ...
। नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ...
। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ । लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको ...
। गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले विदेशीले नेपालको सांस्कृतिक सम्पदा सर्वेक्षण गर्दा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो व्यवस्था प्रस्ताव गरेका हुन् । यस निम्ति प्रस्तावित विधेयकमा देहायका नयाँ दफा थपेर ‘विदेशी व्यक्ति वा संस्थाद्वारा गरिने अभिलेखीकरणसम्बन्धी विशेष व्यवस्था’ गर्ने उनको ...