मुख्य समाचार
फ्रान्सलाई ६ -४ ले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा
फ्रान्सलाई ६ -४ ले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा

: फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा हासिल गरेको छ।

मियामी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६ -४ ले हराएको हो। खेलको पहिलो हाफ पूर्णतय इङ्ल्यान्डको दबदबा रह्यो। पहिलो हाफमा ४-०को अग्रता बनाएको इङ्ल्यान्डले दोस्रो हाफमा ४ गोल बेहोर्दै २ गोल थप्यो।

खेलको सुरुवाती तेस्रो मिनेटमा नै इङ्ल्यान्डका लागि डिक्लेन राइसले गोल गरेका हुन्। खेलको १८ औँ मिनेटमा इङ्ल्याण्डले दोस्रो गोल गर्यो। डिक्लेन राइसको असिस्टमा एज्री कोन्साले गोल गर्दै इङ्ल्यान्डलाई २-०को अग्रतामा ल्याएका थिए। खेलको ३६ औं मिनेटमा फ्रान्सको लागि बुकायो साकाले गोल गरे। खेलको पहिलो हाफमा थप गरेको चार मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा नै बुकायो साकाले व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरे। खेलको पहिलो हाफ पूर्णतय इंग्ल्यान्डको पक्षमा रह्यो।
खेलको दोस्रो हाफको सुरुवाती समयमा नै फ्रान्सले गोल गर्यो । खेलको ४८ औं मिनेटमा फ्रान्सको लागि कप्तान केलियन एम्बापेले गोल गरे। फ्रान्सको लागि दोस्रो गोल ब्राड्ले बार्कोलाले गरे । खेलको ५४ औं मिनेटमा उनले दोस्रो गोल गर्दै फ्रान्सलाई पुनरागमनको बाटोमा डोर्याएका थिए।

फ्रान्सको लागि तेस्रो गोल केलिएन भापीको नाममा रह्यो। उनले खेलको ६६ औं मिनेटमा टोलीको लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका हुन्। उनको लागि जारी विश्वकपमा यो दशौं गोल रहेको थियो। खेलको दोस्रो हाफ नाटकीय भयो। खेलको ८७ औ मिनेटमा इङ्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टीमा बुकायो साकाले बिना कुनै गल्ती गोल गरे। यो गोल गर्दै उनले जारी विश्वकपमा ह्याट्रिक पुरा गरे।

खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको छैंटौं मिनेटमा ओस्मान‌ डेम्बेलेले फ्रान्सको लागि चौथो गोल गरे। त्यतिबेला खेल एक गोलको फरकमा रहेको थियो। ५ -४ ले इंग्ल्यान्डले अग्रता बनाइरहेको अवस्थामा खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इङ्ल्यान्डले त्यसपछिको उत्कृष्ट नतिजा हासिल गरेको छ ‌। सन् २०१८ मा इङ्ग्ल्यान्ड चौथो स्थानबाट फिफा विश्वकपबाट बिदा भएको थियो।

एम्बापे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता

फ्रान्सका कप्तान केलियन एम्बाप्पेले जारी विश्वकपमा नवौँ गोल गरे । इङ्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा उनले दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै जारी विश्वकपको नवौं गोल पुरा गरेका हुन्। नवौं गोलसँगै जारी विश्वकपको गोल्डेन बुटको दावेदारीमा उनले अग्रता बनाए। जारी विश्वकपमा नवौं गोल गरेसँगै फिफा विश्वकपमा हालसम्मको सर्वाधिक गोलमा लियोनल मेस्सीको २१ गोलको रेकर्ड बराबरी गरे।

खेलको ६६ औँ मिनेटमा केलियन एम्बापेले जारी विश्वकपको दशौँ गोल गरे। यो गोल गरेसँगै उनले हालसम्म फिफा विश्वकपमा गरिएको २१ गोलको सर्वाधिक गोलको रेकर्ड आफ्नो नाममा सारे। उनले फिफा विश्वकपमा २२ गोल गरे।

जारी विश्वकपमा १० गोल गरेसँगै गोल्डेन बुटको दावेदारीमा अग्रतामा रहेका छन्। उनलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पछाइरहेका छन्। भोलि हुने फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले स्पेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम