मुख्य समाचार
मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते
मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते

: मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ । कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये ११ हजार २५० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । कार्यालयका कृषि ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सडक र संसद् दुबैबाट संघर्षको मोर्चामा रहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर जाने बताएका हुन् । ‘हामी दुई मोर्चाको संघर्षमा छौं । एउटा सडक संघर्षको मोर्चा र अर्को संसद् संघर्षको मोर्चा,’ ओलीले भने । अहिले सडक ...
। खोटाङमा खहरे खोलाभमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो । राईलाई स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको नेर्पाका वडाध्यक्ष माधव राईले बताए । आफन्तको घरमा गएकी ...
। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालले ती दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको ...