मुख्य समाचार
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिए
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिए

: नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदेशहरुको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् । उनीहरुले नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् ।

सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैंका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरुको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए । साथै उनीहरुले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सीप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालले ती दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको ...
। वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले कडाइ गर्न थालेको छ । आइतबार बिहान नारायणगढऔमुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ...
। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका हुन् । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्नेमा ...
। कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो । लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी ...