मुख्य समाचार
मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश
मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ मा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ। बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो।

खेलको सुरुवाती समयदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबदबा बनाइरहेको थियो। २५ औं मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बापेले बल अगाडि बढाइरहेको अवस्थामा उनलाई पेनाल्टी बक्सभित्र फाउल गरिएको थियो। २८ औं मिनेटमा केलियन एम्बापेको पेनाल्टी मोरोक्कोका गोलकिपर यासिन बोनोले बचाए।

खेलको पहिलो हाफमा थप गरिएको इन्जुरी समयको पाँच मिनेटको ५ अन्तिम मिनेटमा मोरक्कोले बक्स बाहिर फ्री किक पाएको थियो। जसमा अचरफ हकिमीले वाइड रेन्जमा प्रहार गरे।

पहिलो हाफको खेल सकिँदा खेल गोल रहित बराबरीमा सकिएको थियो। पहिलो हाफको खेलको नायक मोरक्कोका गोलकिपर यासिन बोनो रहे। उनले फ्रान्सको लगातार ४ प्रहार र केलियन एम्बापेको पेनाल्टी बचाए।

दोस्रो हाफमा खेलमा फर्किएको फ्रान्स

पहिलो हाफमा यासिन बनोको उत्कृष्ट प्रदर्शन र पेनाल्टी बचाउपछि दोस्रो हाफमा केही रणनैतिक परिवर्तनसहित फ्रान्स मैदानमा फर्कियो। null

खेलको दोस्रो हाफमा फ्रान्सले कमब्याक गर्‍यो। खेलको ६० औं मिनेटमा कप्तान केलियन एम्बापेले गोल गर्दै टिमलाई अग्रतामा ल्याए। उनले डिफेन्डरलाई बिट गर्दै दोस्रो बारमा उत्कृष्ट फिनिस गरे।

पहिलो गोलको ६ मिनेटपश्चात् फ्रान्सले दोस्रो गोल गर्‍यो। फ्रान्सका लागि ओस्मान डेम्बेलेले उत्कृष्ट फिनिस गरे। केलियन एम्बापेको असिस्टमा डेम्बेलेले निकै राम्रो गोल गरे।

सन् २०२२ मा यी दुई टोलीले कतारमा भएको विश्वकपमा सेमिफाइनलमा भेट गरेका थिए। २०२२ मा फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। साविक उपविजेता फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीच हुने क्वाटरफाइनल खेलको विजेता टोलीसँग खेल्नेछ।

मोरोक्कोले दोस्रो पटक क्वाटर फाइनल खेलेको थियो। यसअघि सन् २०२२ मा कतारमा भएको विश्वकपमा मोरक्कोले चौथो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम