मुख्य समाचार
मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश
मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ मा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ। बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो।

खेलको सुरुवाती समयदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबदबा बनाइरहेको थियो। २५ औं मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बापेले बल अगाडि बढाइरहेको अवस्थामा उनलाई पेनाल्टी बक्सभित्र फाउल गरिएको थियो। २८ औं मिनेटमा केलियन एम्बापेको पेनाल्टी मोरोक्कोका गोलकिपर यासिन बोनोले बचाए।

खेलको पहिलो हाफमा थप गरिएको इन्जुरी समयको पाँच मिनेटको ५ अन्तिम मिनेटमा मोरक्कोले बक्स बाहिर फ्री किक पाएको थियो। जसमा अचरफ हकिमीले वाइड रेन्जमा प्रहार गरे।

पहिलो हाफको खेल सकिँदा खेल गोल रहित बराबरीमा सकिएको थियो। पहिलो हाफको खेलको नायक मोरक्कोका गोलकिपर यासिन बोनो रहे। उनले फ्रान्सको लगातार ४ प्रहार र केलियन एम्बापेको पेनाल्टी बचाए।

दोस्रो हाफमा खेलमा फर्किएको फ्रान्स

पहिलो हाफमा यासिन बनोको उत्कृष्ट प्रदर्शन र पेनाल्टी बचाउपछि दोस्रो हाफमा केही रणनैतिक परिवर्तनसहित फ्रान्स मैदानमा फर्कियो। null

खेलको दोस्रो हाफमा फ्रान्सले कमब्याक गर्‍यो। खेलको ६० औं मिनेटमा कप्तान केलियन एम्बापेले गोल गर्दै टिमलाई अग्रतामा ल्याए। उनले डिफेन्डरलाई बिट गर्दै दोस्रो बारमा उत्कृष्ट फिनिस गरे।

पहिलो गोलको ६ मिनेटपश्चात् फ्रान्सले दोस्रो गोल गर्‍यो। फ्रान्सका लागि ओस्मान डेम्बेलेले उत्कृष्ट फिनिस गरे। केलियन एम्बापेको असिस्टमा डेम्बेलेले निकै राम्रो गोल गरे।

सन् २०२२ मा यी दुई टोलीले कतारमा भएको विश्वकपमा सेमिफाइनलमा भेट गरेका थिए। २०२२ मा फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। साविक उपविजेता फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीच हुने क्वाटरफाइनल खेलको विजेता टोलीसँग खेल्नेछ।

मोरोक्कोले दोस्रो पटक क्वाटर फाइनल खेलेको थियो। यसअघि सन् २०२२ मा कतारमा भएको विश्वकपमा मोरक्कोले चौथो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार यस्तो घोषणा गरेको हो । उसले यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा घोषणा गरिसकेको छ । उनीहरूसँगै गायक बिबरले फाइनलमा सांगीतिक प्रस्तुति दिनेछन् । अप्रिलमा कोचेला महोत्सवमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो ...
। फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनामाथि मैदानबाहिर ठूलो विवाद सिर्जना भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को प्रारम्भिक अनुसन्धानको घेरामा परेको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि अनुसन्धान थालेको हो । अनुसन्धानको ...
। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब ...
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...