मुख्य समाचार
गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधता दिने गरी प्रदेश सभाबाट कानुन बनाएको छ
गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधता दिने गरी प्रदेश सभाबाट कानुन बनाएको छ

: गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधता दिने गरी प्रदेश सभाबाट कानुन बनाएको छ। गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८२ गण्डकी प्रदेश सभाले बिहीबार पारित गर्‍यो। विधेयकले औषधी र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुला गरेको छ। गण्डकीमा नेपाली कांग्रेस नेतृत्वमा एमालेसहितको सरकार छ। प्रतिपक्षमा नेपाल कम्युनिस्ट पार्टी र राप्रपा छन्। गाँजा खेतीलाई वैधता दिने मतमा सत्ता र प्रतिपक्ष एक हुँदा विधेयक सर्वसम्मत पारित भएको छ।

विधेयकअनुसार गाँजा खेती अनुमति लिएर मात्रै गर्न पाइनेछ। सरकारले आफ्नै प्रयोगशाला बनाएर रासायनिक परीक्षण गरी बिक्री गर्न दिने परिकल्पना विधेयकले गरेको छ। विभिन्न देशमा गाँजा खेतीका प्रावधानहरू फरक–फरक छन्। चीनले औद्योगिक गाँजा र सौन्दर्यका लागि यसको ठूलो मात्रामा उत्पादन गर्दै आएको छ। भारतका केही राज्यहरु उत्तराखण्डमा पनि नियमन गरेर गाँजा खेती खुला गरिएको छ।

क्यानडा, थाइल्याण्ड, जर्मनी र अमेरिकाले औषधी र मनोरञ्जन दुवैका लागि गाँजालाई वैधानिकता दिएका छन्। गण्डकी प्रदेशले भने औषधी र औद्योगिक प्रयोजनका लागि मात्र गाँजा प्रयोग गर्ने गरी खेतीलाई वैधता दिने कानुन निर्माण गरेको हो। गण्डकीले पारित गरेको गाँजा विधेयक प्रमाणीकरण भएर ऐन बन्नेछ। नियमावली र कार्यविधि बनेपछि मात्रै कार्यान्वयन हुन सक्नेछ। प्रदेश सभामा बिहीबार सांसदहरुले किसानमैत्री नियमावली ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका थिए।

सांसद गणेशमान गुरुङले गाँजा विधेयक पारित हुँदा प्रदेशको अर्थतन्त्रमा कोसेढुंगा सावित हुने विश्वास राखे। मन्त्री यशोदा रिमालले गाँजा खेतीदेखि बिक्रीसम्म सरकारी नियमन कडा हुने बताइन्। सांसद अशोक श्रेष्ठले गाँजाबाट विभिन्न सामग्री उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखे। सांसद सुशीला सिंखडाले यो विधेयक प्रदेशको समृद्धिका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिन्। सांसद विन्दु पौडेलले पहाडी र हिमाली क्षेत्रका किसानका लागि यो खेती आम्दानीको मुख्य स्रोत बन्न सक्ने बताइन्।

२०८२ कात्तिक २४ गते दर्ता गाँजा सम्बन्धी विधेयक गण्डकी प्रदेश सभामा दर्ता भएको थियो। अर्थ तथा विकास समितिमा दफावार छलफलपछि विधेयक सभा प्रवेश गरेको हो। व्यक्तिगत प्रयोग वा मनोरञ्जनका लागि गाँजा खेती वा प्रयोग गर्न नपाइने प्रावधान विधेयकमा छ। ‘खेतीबाट उत्पादन भएको गाँजा औषधि वा औद्योगिक वस्तु उत्पादनमा मात्रै प्रयोग गर्नुपर्नेछ,’ विधेयकमा भनिएको छ। सरकारले गाँजा खेती र उत्पादनका लागि नियमन इकाई बनाउने व्यवस्था पनि गरेको छ। इकाईले निरीक्षण गर्ने र उत्पादनदेखि बिक्रीसम्म सरकारको प्रत्यक्ष नियमन रहने प्रावधान समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारप्रति कटाक्ष गर्दै मन्त्री–प्रधानमन्त्रीविरुद्ध चुइक्क नबोल्न, नलेख्न भन्दै नत्र झ्यालखाना जानु पर्ने बरु आफूहरुलाई नै गाली गर्न ...
। नेपाली कांग्रेसले संविधानका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । सानेपामा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति गगन थापाले संविधानबारे पार्टीको धारणा प्रष्ट्याएका हुन् । ‘संविधानका आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली बहुजातीयता बहुधार्मिकता बहुसांस्कृतिक विशेषता समानुपातिक समावेशी प्रतिनिधित्वलगायतको विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता ...
। गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली छन् । कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप छ । बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ ...
। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा अघि बढाएको छ । संसद्मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन् । विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको ...