मुख्य समाचार
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने

पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार यस्तो घोषणा गरेको हो । उसले यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा घोषणा गरिसकेको छ । उनीहरूसँगै गायक बिबरले फाइनलमा सांगीतिक प्रस्तुति दिनेछन् ।

अप्रिलमा कोचेला महोत्सवमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो पहिलो ठूलो स्टेज प्रस्तुति हुनेछ । उनले जुलाई १९ मा अमेरिकाको न्यु जर्सी राज्यको मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनल खेलको हाफटाइममा यसअघि घोषणा गरिएका कलाकारसँग प्रस्तुति दिनेछन्।

सुपर बाउलको हाफटाइम शो जस्तै स्वरूपमा फिफाले पहिलोपटक आयोजना गर्न लागेको यो सांगीतिक कार्यक्रमबाट प्राप्त सहयोग ग्लोबल सिटिजन एजुकेसन फन्डमार्फत विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र फुटबलमा पहुँच विस्तार गर्न प्रयोग गरिने भएको छ ।

‘फिफा विश्वकपले संसारलाई अरू कुनै पनि घटनाले नसक्ने तरिकाले एक ठाउँमा ल्याउँछ,’ बिबरले विज्ञप्तिमा भनेका छन्, ‘यो हाफटाइम शोको हिस्सा बन्न पाउँदा म आभारी छु । अझ यसको माध्यमबाट विश्वभरका बालबालिकाका लागि शिक्षामा पहुँच विस्तार भइरहेको थाहा पाउँदा झन् खुशी लागेको छ ।’

क्रिस मार्टिनको क्युरेसनमा तयार पारिएको कार्यक्रममा बर्ना ब्वाय, गुस्ताभो डुडामेल, द मपेट्स तथा कोल्डप्लेलाई समेटिएको पीएस–२२ कोरसले पनि प्रस्तुति दिनेछन् ।

विश्वकप फाइनल नजिकिँदै जाँदा उपाधिका लागि अहिले मोरक्को, फ्रान्स, नर्वे, इंग्ल्यान्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्यान्ड गरी आठ राष्ट्र प्रतिस्पर्धामा छन् ।

जुनमा प्रतियोगिता सुरु भएयता संगीत विश्वकपको महत्वपूर्ण हिस्सा बनेको छ । उद्घाटनको दिनमा केटी पेरी, ब्ल्याकपिंककी लिसा, जे बाल्भिन लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

साथै, फिफाले प्रतियोगिताका लागि मौलिक साउन्डट्रयाक पनि सार्वजनिक गरेको छ, जसमा शाकिरा र बर्ना ब्वायको बिलबोर्ड चार्टमा सफल गीत ‘डाइ डाइ’ सहित २१ साभेज, लाटो, द रोलिङ स्टोन्स, जेली रोल, फ्युचर, टायला लगायतका कलाकारका गीत समावेश छन् ।

‘जस्टिन बिबर र कोल्डप्ले जस्ता असाधारण कलाकार हामीसँग जोडिनु गर्वको विषय हो,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्तिमा भने, ‘म्याडोना, शाकिरा, बीटीएस, बर्ना ब्वाय, गुस्ताभो डुडामेल र पीएस२२ कोरसले विश्वभरका अर्बौं मानिसमाझ शान्ति, एकता र आशाको सशक्त सन्देश पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।’

उनी अघि भन्छन्, ‘इतिहासकै सबैभन्दा महत्वपूर्ण फुटबल खेलका लागि संसार एकजुट भइरहेका बेला क्रिस मार्टिनको सिर्जनात्मक दृष्टिकोणबाट साकार भएको यो ऐतिहासिक प्रस्तुति फुटबल, संगीत र साझा मूल्यको उत्सव हुनेछ, जसले अन्तिम सिटी बजिसकेपछि पनि दीर्घकालीन विरासत छोड्नेछ ।’

बिबरले सन् २०२५ मा ‘स्वाग’ र ‘स्वाग २’ शीर्षकका दुई एल्बम सार्वजनिक गरेका थिए । ‘स्वाग’ बिलबोर्ड २०० चार्टमा दोस्रो स्थानमा पुगेको थियो भने यी एल्बमबाट बिलबोर्ड हट १०० मा धेरै सफल गीत समावेश भएका थिए, जसमा दोस्रो स्थानसम्म पुगेको ‘डायसिज’ पनि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम