मुख्य समाचार
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने

पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार यस्तो घोषणा गरेको हो । उसले यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा घोषणा गरिसकेको छ । उनीहरूसँगै गायक बिबरले फाइनलमा सांगीतिक प्रस्तुति दिनेछन् ।

अप्रिलमा कोचेला महोत्सवमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो पहिलो ठूलो स्टेज प्रस्तुति हुनेछ । उनले जुलाई १९ मा अमेरिकाको न्यु जर्सी राज्यको मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनल खेलको हाफटाइममा यसअघि घोषणा गरिएका कलाकारसँग प्रस्तुति दिनेछन्।

सुपर बाउलको हाफटाइम शो जस्तै स्वरूपमा फिफाले पहिलोपटक आयोजना गर्न लागेको यो सांगीतिक कार्यक्रमबाट प्राप्त सहयोग ग्लोबल सिटिजन एजुकेसन फन्डमार्फत विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र फुटबलमा पहुँच विस्तार गर्न प्रयोग गरिने भएको छ ।

‘फिफा विश्वकपले संसारलाई अरू कुनै पनि घटनाले नसक्ने तरिकाले एक ठाउँमा ल्याउँछ,’ बिबरले विज्ञप्तिमा भनेका छन्, ‘यो हाफटाइम शोको हिस्सा बन्न पाउँदा म आभारी छु । अझ यसको माध्यमबाट विश्वभरका बालबालिकाका लागि शिक्षामा पहुँच विस्तार भइरहेको थाहा पाउँदा झन् खुशी लागेको छ ।’

क्रिस मार्टिनको क्युरेसनमा तयार पारिएको कार्यक्रममा बर्ना ब्वाय, गुस्ताभो डुडामेल, द मपेट्स तथा कोल्डप्लेलाई समेटिएको पीएस–२२ कोरसले पनि प्रस्तुति दिनेछन् ।

विश्वकप फाइनल नजिकिँदै जाँदा उपाधिका लागि अहिले मोरक्को, फ्रान्स, नर्वे, इंग्ल्यान्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्यान्ड गरी आठ राष्ट्र प्रतिस्पर्धामा छन् ।

जुनमा प्रतियोगिता सुरु भएयता संगीत विश्वकपको महत्वपूर्ण हिस्सा बनेको छ । उद्घाटनको दिनमा केटी पेरी, ब्ल्याकपिंककी लिसा, जे बाल्भिन लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

साथै, फिफाले प्रतियोगिताका लागि मौलिक साउन्डट्रयाक पनि सार्वजनिक गरेको छ, जसमा शाकिरा र बर्ना ब्वायको बिलबोर्ड चार्टमा सफल गीत ‘डाइ डाइ’ सहित २१ साभेज, लाटो, द रोलिङ स्टोन्स, जेली रोल, फ्युचर, टायला लगायतका कलाकारका गीत समावेश छन् ।

‘जस्टिन बिबर र कोल्डप्ले जस्ता असाधारण कलाकार हामीसँग जोडिनु गर्वको विषय हो,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्तिमा भने, ‘म्याडोना, शाकिरा, बीटीएस, बर्ना ब्वाय, गुस्ताभो डुडामेल र पीएस२२ कोरसले विश्वभरका अर्बौं मानिसमाझ शान्ति, एकता र आशाको सशक्त सन्देश पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।’

उनी अघि भन्छन्, ‘इतिहासकै सबैभन्दा महत्वपूर्ण फुटबल खेलका लागि संसार एकजुट भइरहेका बेला क्रिस मार्टिनको सिर्जनात्मक दृष्टिकोणबाट साकार भएको यो ऐतिहासिक प्रस्तुति फुटबल, संगीत र साझा मूल्यको उत्सव हुनेछ, जसले अन्तिम सिटी बजिसकेपछि पनि दीर्घकालीन विरासत छोड्नेछ ।’

बिबरले सन् २०२५ मा ‘स्वाग’ र ‘स्वाग २’ शीर्षकका दुई एल्बम सार्वजनिक गरेका थिए । ‘स्वाग’ बिलबोर्ड २०० चार्टमा दोस्रो स्थानमा पुगेको थियो भने यी एल्बमबाट बिलबोर्ड हट १०० मा धेरै सफल गीत समावेश भएका थिए, जसमा दोस्रो स्थानसम्म पुगेको ‘डायसिज’ पनि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...