मुख्य समाचार
राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ
राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ

। राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गर्ने प्रस्ताव राखेकी थिइन् । जसलाई सभाले स्वीकार गर्‍यो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखे ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राखिन् । चार वटै विधेयकलाई सभाले पारित गर्‍यो ।

यही असार २३ गते राष्ट्रिय सभाले यी चार वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । असार २४ गते एकै दिन चार वटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखियो । बिहान प्रतिवेवदन हेरेर दिउँसो सभामा पेस भयो । र पारित भएर अगाडि बढेको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला १४ वैशाख २०८३ मा आठ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले ती सबै अध्यादेश जारी गरेका थिए ।

यी अध्यादेशहरू २८ वैशाख २०८३ मा संसद्मा पेस भएका थिए । संविधानत: संसद् अधिवेशन नचलेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । त्यसरी ल्याइएका अध्यादेश संसद् अधिवेशन सुरु भएकै दिन संसद्मा पेस गर्नुपर्छ । र संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर सरकारले दुवै सदनबाट पास गराएर, राष्ट्रिपतिकहाँ पुर्याएर पनि प्रमाणिकरण भइसक्नुपर्छ ।

यस हिसाबले यी आठ वटै अध्यादेश सक्रिय हुने अवधि यही २६ असारसम्म मात्रै छ ।

तर सरकारले चार वटा अध्यादेश मात्रै प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाएको हो ।

राष्ट्रिय सभाले चार वटा अध्यादेश अगाडि बढाउन मिल्ने गरी यही असार ५ गते स्वीकृत गरिदिएको थियो । सोही दिन प्रतिनिधिसभाबाट पनि अध्यादेश स्वीकृत भएको थियो ।

दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले प्रतिनिधिसभामा चारवटै अध्यादेश प्रतिस्थापन विधेयक दर्ता ग‍र्‍यो । चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाले अघिल्लो बिहीबार पारित गरेर शुक्रबार राष्ट्रिय सभामा पठाएको थियो ।

शनिवार राष्ट्रिय सभाले छलफल गरेर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले विधेयकउपर संशोधन प्रस्ताव राखे ।

गत मंगलबार राष्ट्रिय सभाले सांसदहरूका संशोधनसहित दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । बुधबार विधायन व्यवस्थापन समितिले चार वटै विधेयकउपर दफावार छलफल गर्यो ।

बिहीबारसभामा चार वटै विधेयकको प्रतिवेदन पेस भए । पारित भएर पुन: प्रतिनिधिसभामा गएको छ । अब राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुखले राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गाँस, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् । प्रदर्शनमा उनीहरूले बोल्न दे, ...
। नेकपाका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले हतारमा भन्दा पनि प्रक्रियासम्मत ढंगले सुनुवाइ सञ्चालन गर्नुपर्नेमा जोड दिए। पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुनुवाइका लागि उजुरी आह्वान गर्ने समयसीमाभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय ...
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...