मुख्य समाचार
चलचित्र र नाटकघरमा हुने विज्ञापनको व्यवस्थापन अब विज्ञापन बोर्ड र स्थानीय तहले गर्ने भएका छन्
चलचित्र र नाटकघरमा हुने विज्ञापनको व्यवस्थापन अब विज्ञापन बोर्ड र स्थानीय तहले गर्ने भएका छन्

। चलचित्र र नाटकघरमा हुने विज्ञापनको व्यवस्थापन अब विज्ञापन बोर्ड र स्थानीय तहले गर्ने भएका छन् । सरकारले बुधबार सार्वजनिक गरेको राष्ट्रिय विज्ञापन नीति २०८३ मा उक्त कुरा उल्लेख छ ।

नीतिमा भनिएको छ, ‘बाह्य विज्ञापन (होर्डिङ बोर्ड)मा हुने विज्ञापन, मेला, महोत्सव, चलचित्रघर, नाट्यशाला, सभा, समारोह आदिमा हुने विज्ञापनलाई स्थानीय तहमार्फत व्यवस्थापन गर्न स्थानीय तहको कानुन निर्माणमा सहजीकरणको व्यवस्था गरिने ।’

विज्ञापन बोर्ड र स्थानीय तहलाई यस कार्यको लागि जिम्मेवार निकाय तोकिएको छ भने भूमि, व्यवस्था, सहकारी संघीय मामिला मन्त्रालयलाई सहयोगी निकाय तोकिएको छ ।

यसो गर्दा बाह्य विज्ञापन व्यवस्थित हुने अपेक्षा लिइएको नीतिमा उल्लेख छ । नीतिअनुसार, अबदेखि चलचित्र र नाटकघरमा होर्डिङ बोर्ड र अन्य विज्ञापन गर्दा अनिवार्य विज्ञापन बोर्ड र स्थानीय तहको स्वीकृति लिनुपर्नेछ ।

चलचित्र घर र नाटकघरले आफूखुसी बाह्य विज्ञापन राख्न पाउनेछैनन् ।

सरकारले विज्ञापन नीतिमार्फत सामाजिक संजालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरलाई पनि कस्न र व्यवस्थित गर्न खोजेको छ । जसअनुसार, स्पोन्सर कन्टेन्ट र इन्फ्लुएन्सर मार्केटिङलाई स्वघोषणा गर्न लगाउने तथा एआई प्रयोग गरि बनाइएका डिप फेकजस्ता विज्ञापनको नियमन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गाँस, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् । प्रदर्शनमा उनीहरूले बोल्न दे, ...
। नेकपाका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले हतारमा भन्दा पनि प्रक्रियासम्मत ढंगले सुनुवाइ सञ्चालन गर्नुपर्नेमा जोड दिए। पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुनुवाइका लागि उजुरी आह्वान गर्ने समयसीमाभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय ...
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...