मुख्य समाचार
गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताए
गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्नसक्ने बताएका हुन् ।

‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष, १० औं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,’ सभापति थापाले भने ।

त्यसका लागि उनले भारतीय संविधानका निर्माता भीम राव अम्बेडकरको ‘ग्रामर अफ एनार्की’को धारण पनि स्मरण गराए ।

उनले अगाडि भने, ‘प्राथमिकता निर्धारण नगरेर हामी गर्‍यौं भने यसले पूरै खुला गरिदिन्छ । एनार्कीका लागि जसले जे संशोधन गरे पनि हुन्छ,हाम्रो संविधान बनाउने बेलामा राष्ट्रियता, जनताको अधिकारका विषयबाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे पनि हो साथी हो भन्ठान्यौं भने त्यो संविधान सभामा संविधान कसरी बन्यो भन्ने ज्ञान चेतको अभाव हुन्छ ।’

आफूले यो कुरा सरकारलाई सम्झाउन कोसिस गरिरहेको सभापति थापाले बताए । ‘हामीले यो कुरामा सरकारलाई अप्ठेरो पार्न खोजेका छैनौं, हामी मिलेरै जान चाहन्छौं,’ उनले भने, ‘संविधान संशोधनमा किन मिलेर जान चाहन्छौं भने, हामी के ठान्दछौं भने– नेपालको संविधान निर्माणको मूल नेतृत्वकर्ता हामी हौं ।’

संविधानका सन्दर्भमा कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी रहेको आफूले ठानिरहेको उनले बताए । उनले अगाडि भने, ‘हामीले उत्तेजनामा आएर पनि केही कुरा गरेर हुँदैन, पूर्वाग्रह राखेर पनि केही कुरा गर्न हुँदैन । यो कुरामा सरकारसँग हामीले मिलेरै काम गर्ने हो ।’

सरकार बरालिँदा सम्हालेर ठिक ठाउँमा ल्याउने भूमिका पनि आफूले खेल्ने उनले दाबी गरे ।

संविधानका मूलभूत विषयमा कांग्रेसले कुनै पनि सम्झौता नगर्ने पनि सभापति थापाले बताए ।

‘संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहु जातीयता, बहु धार्मिकता, बहुसांस्कृतिक विशेषता, समावेशी–समानुपातिक प्रतिनिधित्वका विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता गर्दैन,’ उनले भने, ‘यो कुरा हाम्रो प्रतीज्ञापत्र र विधानमा व्यवस्था गरिसकेका छौं ।’

यसैगरी, बहुदलिय संसदीय व्यवस्था, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, खुला समाज र मानव अधिकारमा पनि कांग्रेसले सम्झौता नगर्ने उनले बताए । ‘यी संविधानका आधारभूत स्तम्भ हुन्, यसलाई व्यापक बनाउन सकिन्छ, विस्तार गर्न सकिन्छ । यसलाई संकुचित बनाउने कुरा नेपाली कांग्रेसका लागि स्वीकार्य हुँदैन,’ सभापति थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गाँस, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् । प्रदर्शनमा उनीहरूले बोल्न दे, ...
। नेकपाका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले हतारमा भन्दा पनि प्रक्रियासम्मत ढंगले सुनुवाइ सञ्चालन गर्नुपर्नेमा जोड दिए। पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुनुवाइका लागि उजुरी आह्वान गर्ने समयसीमाभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय ...
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...