मुख्य समाचार
सरकारले शैक्षिक परामर्श दिने संघ संस्थालाई कडाइ गर्नेगरी नियमावली ल्याएपछि सरोकारवालाहरूले आन्दोलनको चेतावनी
सरकारले शैक्षिक परामर्श दिने संघ संस्थालाई कडाइ गर्नेगरी नियमावली ल्याएपछि सरोकारवालाहरूले आन्दोलनको चेतावनी

। सरकारले शैक्षिक परामर्श दिने संघ संस्थालाई कडाइ गर्नेगरी नियमावली ल्याएपछि सरोकारवालाहरूले आन्दोलनको चेतावनी दिएका छन् । परामर्श सेवालाई नियमन गर्नेगरी बुधबार मन्त्रिपरिषद्ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली स्वीकृत गरेको थियो । त्यसमा शैक्षिक परामर्श संघ (इक्यान)ले विरोध जनाएको छ ।

‘सरकारले यो क्षेत्र यो चाहिँदैन । विद्यार्थी विदेश पठाउन रोक्नुपर्छ । व्यवसाय नै बन्द गर्ने उद्देश्य सरकारको देखियो,’ नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले भने । सरकारले नियमावलीमा शैक्षिक परामर्श सेवा खोल्न २५ लाख धरौटी राख्नु पर्ने, विद्यार्थी अलपत्र परेमा संस्थाले क्षतिपूर्ति दिनुपर्ने, संस्था संञ्चालनको मापदण्ड लगायतका विषय नियमावलीमा राखेको छ । यो प्रावधानमा परामर्श दिने संस्था सन्तुष्ट छैनन् ।

लामो सयमदेखि निर्देशिकाको भरमा चलिरहेकाले अहिले नियमावली आवश्यक भए पनि यसमा भएका प्रावधानमा उनीहरूले विरोध जनाएका हुन् । स्वीकृत नियमावली राजपत्रमा प्रकाशित हुन बाँकी छ । प्रकाशित भएपछि आफ्नो असहमतिको बुँदा सरकारलाई बुझाउने तयारी शैक्षिक परामर्श सेवाको छ । ‘राजपत्रमा आएपछि असहमतिको बुँदा सरकारलाई बुझाउँछौं । सरकारले सुनेन भने कानुनी प्रक्रियामा जान्छौं । चरणबद्ध आन्दोलनको घोषणा गर्छौं,’ अध्यक्ष पौडेलले भने ।

ठूला व्यवसायीलाई प्रोत्साहन र इन्ट्री गराउनेगरी नियमावली आएको बुझाई संघ संस्थाको छ । धरौटी राख्नु पर्ने प्रावधान लगायतका बुँदमा शैक्षिक परामश दिने संघ संस्थाले असहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले हतारमा भन्दा पनि प्रक्रियासम्मत ढंगले सुनुवाइ सञ्चालन गर्नुपर्नेमा जोड दिए। पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुनुवाइका लागि उजुरी आह्वान गर्ने समयसीमाभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय ...
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...
। प्रहरी हेडक्वाटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ । बिहीबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले यसबारे विज्ञप्ति निकाल्दै उक्त सरुवाबारे प्रष्ट्याएका हुन् । केही दिनअघि मात्रै अख्तियारको टंगालस्थित कार्यालयमा कार्यरत डीआईजीसहित १८ प्रहरीको सरुवा भएको थियो । प्रहरीको सरुवा भएपछि केही सञ्चार माध्यमहरुले राहदानी ...