मुख्य समाचार
राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्रयाकमा पारित गरिँदै
राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्रयाकमा पारित गरिँदै

। राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्रयाकमा पारित गरिँदैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ को प्रतिवेदन पेस गर्ने तयारी छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ पनि पेस गर्दैछन् ।

यही असार २३ गते राष्ट्रिय सभाले यी चार वटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । असार २४ गते एकै दिन चार वटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखिँदैछ । बिहान प्रतिवेवदन हेरेर दिउँसो सभामा पेस गर्न लागिएको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला १४ वैशाख २०८३ मा आठ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले ती सबै अध्यादेश जारी गरेका थिए ।

यी अध्यादेशहरू २८ वैशाख २०८३ मा संसद्मा पेस भएका थिए । संविधानत: संसद् अधिवेशन नचलेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । त्यसरी ल्याइएका अध्यादेश संसद् अधिवेशन सुरु भएकै दिन संसद्‍मा पेस गर्नुपर्छ । र संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर सरकारले दुवै सदनबाट पास गराएर, राष्ट्रिपतिकहाँ पुर्याएर पनि प्रमाणिकरण भइसक्नुपर्छ ।

यस हिसाबले यी आठ वटै अध्यादेश सक्रिय हुने अवधि यही २६ असारसम्म मात्रै छ । तर, सरकारले चार वटा अध्यादेश मात्रै प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाएको हो ।

राष्ट्रिय सभाले चार वटा अध्यादेश अगाडि बढाउन मिल्ने गरी यही असार ५ गते स्वीकृत गरिदिएको थियो । सोही दिन प्रतिनिधिसभाबाट पनि अध्यादेश स्वीकृत भएको थियो ।

दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले प्रतिनिधिसभामा चारवटै अध्यादेश प्रतिस्थापन विधेयक दर्ता ग‍र्‍यो । चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाले अघिल्लो बिहीबार पारित गरेर शुक्रबार राष्ट्रिय सभामा पठाएको थियो ।

शनिवार राष्ट्रिय सभाले छलफल गरेर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले विधेयकउपर संशोधन प्रस्ताव राखे ।

गत मंगलबार राष्ट्रिय सभाले सांसदहरूका संशोधनसहित दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । बुधबार विधायन व्यवस्थापन समितिले चार वटै विधेयकउपर दफावार छलफल गर्यो ।

बिहीबार आज सभामा चार वटै विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेपछि पुन: प्रतिनिधिसभामा जान्छ । त्यसपछि सभामुखले राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ । प्लास्टिक सर्जन डा. ...
। चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ । बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ । स्थानीय तहले सञ्चालन गर्ने सूत्र ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने कुरा हामीलाई ...
। त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।
। कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ । तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल ...