मुख्य समाचार
नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताए
नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताए

। नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् । उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि चलिरहेको उल्लेख गरेका छन् ।

उनले केही दिनअघि नेपालमा पहिलोपटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोहपूर्वक मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको समेत सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गर्दै त्यसलाई सामान्य घटना मान्न नसकिने बताएका छन् ।

श्रेष्ठका अनुसार यस्ता घटनाले वर्तमान सरकार नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशातर्फ अग्रसर भएको आशंकालाई बल पुर्‍याएको छ ।

उनले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित राखेर व्यवहारमा त्यसबाट विचलन गरिए नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् ।

श्रेष्ठले देशभक्त नेपाली जनताले यस्तो अवस्था स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध हुने दाबी गर्दै सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त ...
। नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको ...
। सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। दुर्घटनामा ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ...
। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी ...