मुख्य समाचार
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ

: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले विशेष निगरानी बढाइ उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सर्लाही अर्नीसाइर कृष्णासवरण गाउँपालिका–३ निवासी ३७ वर्षीय रञ्जित कुमार चौधरी, सर्लाही राजविराज नगरपालिका–६ निवासी २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ निवासी ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ निवासी २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ निवासी २९ वर्षीय सानिम किराती रहेका छन् । त्यस्तै, धरान–६ निवासी २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ निवासी ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ निवासी ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ निवासी ३२ वर्षीय रोहित मेहता, धरान–११ निवासी १८ वर्षीय विनोद भण्डारी रहेको प्रहरी निरीक्षक राईले बताए।



यसअघि पनि प्रहरीले प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल पठाउने कार्यमा संलग्न रहेको आशंकामा झापाको दमक नगरपालिका–१ कुमालचोक निवासी ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ निवासी २७ वर्षीय दीपक रामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले बताए।

पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद गरिएको छ भने उनीहरूको मोबाइल फोनबाट विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन,डिस्चार्ज कागजातका तस्बिर,बिरामीको नाम, उमेर, रोगको विवरण विभिन्न व्यक्तिलाई पठाइएको सन्देश तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजात समेत फेला परेको डिएसपी खडकाले बताए। प्रहरीले बरामद भएका प्रमाणका आधारमा प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल तथा मेडिकलसम्म पुर्‍याउने सम्भावित बिचौलिया सञ्जाल, एम्बुलेन्स चालक र अन्य व्यक्तिहरूको संलग्नताबारे समेत अनुसन्धान तीव्र पारेको जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई आर्थिक प्रलोभन देखाइ निजी मेडिकल तथा अस्पतालतर्फ लैजाने बिचौलियाको गतिविधिबारे लामो समयदेखि गुनासो उठ्दै आएको थियो। केहिदिन अगाडि प्रतिष्ठानको निरीक्षणमा आएका गृहमन्त्री गुरुङको निर्देशनमा प्रहरीले बिचौलिया पक्राउ गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम