। गुल्मीको रेसुङ्गा नगरपालिका–८ गजुरामा २२ असार बिहान भएको जिप दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–८ छापटोलका १८ वर्षीय जिप चालक अफिन कामी रहेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ फेटापारीबाट उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले बताए । उनीमाथि सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।