मुख्य समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागले बुधबार अनुगमन क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा रहेको ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

उक्त व्यवसायमा अखाद्य वस्तु भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको प्रमाणित भई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम उक्त रकम जरिबाना तिराइएको विभागले जनाएको छ ।

यसैगरी विभागले काठमाडौं थापाथलीस्थित इन्डेक्स डिस्ट्रिब्युटर्स प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र बबरमहलस्थित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै ताहाचलस्थित भिजन इन्टरनेसनल प्रालिलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र खरिद–बिक्री बिलसहित ३ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

विभाग टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न मासु पसल, फलफूल पसल तथा कोल्ड स्टोरमा पनि अनुगमन गरेको थियो । जसअन्तर्गत ७ वटा व्यवसायलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त ...
। नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर ...
। नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको ...
। सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। दुर्घटनामा ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ...