मुख्य समाचार
पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताए
पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताए

: रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारवाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका हुन् ।

उनले विधानमा सभापतिदेखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा राखे । अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ ।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सक्ने प्रावधानका बिषयमा नेता पराजुलीले विधानमा उल्लेख प्रावधानको अपव्याख्या गर्न खोजिएको तर्क गरे । विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई हेरेर नभइ आगामी दिनमा पार्टीलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेर बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त ...
। नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर ...
। नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको ...
। सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। दुर्घटनामा ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ...