मुख्य समाचार
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ

: चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशन हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ।

गत असार २० गते भरतपुर महानगरपालिका-२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा-छोराको ज्यान गएको थियो। चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ हालः भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो।

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको मन्त्री चौधरीले बताइन्। 'हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ,' उनले भनिन्।

यसैबीच वन मन्त्री चौधरीले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीतर्फ आउन लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्‍याई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेकी छन्। ध्रुवे हात्तीको आक्रमण परेर ज्यान गुमाएका मृतकको परिवारलाई तत्कालै राहत उपलब्ध गराइएको मन्त्री चौधरीले बताइन्।

तीन दिनभित्रै मृतकको परिवारलाई राहत उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रतिमृतक १० लाखका दरले जम्मा २० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ। यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजारका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई उपलब्ध गराइसकिएको मन्त्री चौधरीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त ...
। नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर ...
। नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको ...
। सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। दुर्घटनामा ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ...