मुख्य समाचार
सिरहाको लहान नगरपालिका साक्षर पालिका घोषणा
सिरहाको लहान नगरपालिका साक्षर पालिका घोषणा

: सिरहाको लहान नगरपालिका साक्षर पालिका घोषणा भएका छन् । घोषणामा जिल्लामा पहिलो र मधेस प्रदेशमा चौधौँ पालिका हो ।

मेयर महेश चौधरीका अनुसार स्थायी बसोबास गर्ने १५ वर्ष देखि ६० वर्ष उमेर समहका कुल जनसंख्या मध्ये ९६ प्रतिशत जनसंख्या साक्षर भएको छ । राष्ट्रिय साक्षरताको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समहका जनसंख्या ९५ प्रतिशत भन्दा माथी साक्षर भएमा साक्षर नगरपालिका घोषणा गर्न सकिने आधार पुरा भएकोले घोषणा गरिएको छ ।

यसका लागि लहान नगरपालिका नगर साक्षर घोषणा समन्वय समितिको मिति २०८३ असार ८ गतेको सिफारिस तथा मिति २०८३ असार ११ गतेको सम्पन्न १८ औं नगरसभाको निर्णय गरेको थियो । लहान नगरपालिकालाई निरन्तर शिक्षातर्फ उन्मुख गरी पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिवद्धताका मेयर चौधरीले प्रतिबद्धता जनाएका छन् ।

जनगणना २०७८ अनुसार लहानको जनसंख्या १ लाख २ हजमर ३१ थियो । जसमध्ये ६० हजार ६९० जनसंख्या साक्षर भएको घोषणा गरेका छन् । निरक्षरहरुलाई साक्षर बनाउन विद्यालयका विद्यार्थी, शिक्षकसहित सिकाई केन्द्रलाई लगाएको थियो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले आफू मन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशलाई साक्षर बनाउने गरेको सुनाए । मधेसमा ३२०० सामुदायिक विद्यालय छन् । जसको लागि शिक्षणमा डिजिटल, छात्रावास, दलितरविपन्न ४ हजार विद्यार्थीहरुलाई खाने बस्नेसहित सुविधा दिईने जानकारी दिए । प्रत्येक कक्षामा शिक्षक हुनलाई ५ सय स्वयंसेवक शिक्षक नियुक्त र अंग्रेजी माध्यममा पढाउने विद्यालयलाई अनुदान दिइने मन्त्री सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ...
। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी ...
: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले आन्तरिक रुपमा तयार पार्ने अनुसन्धान वा अनुगमन प्रतिवेदनहरू सार्वजनिक नगर्ने नीति रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा अध्यक्ष मगरले आयोगको प्रतिवेदनमा पीडितका उजुरी, साक्षीहरूका बयान, अनुसन्धानका गोप्य कुराहरू र संवेदनशील दस्ताबेजहरू सामेल हुने भएकाले आयोगले सिधै सार्वजनिक ...
। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । भेरी नदीको ...
: विराटनगरको कोशी अस्पतालमा उपचाररत पाँचथर कारागारका बन्दी सन्देश राईको बुधबार बिहान मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय राई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । जिल्ला अदालत पाँचथरले २०८२ मंसिर ७ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला कारागार पाँचथरमा रहेका उनी ...