मुख्य समाचार
प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी
प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी

। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए ।

ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा बलियो सन्देश दिन आवश्यक रहेको बताए । उनका अनुसार तयार पारिएको संयुक्त वक्तव्य निकै कडा प्रकृतिको छ ।

चीनले सोमबार प्रशान्त महासागरमा नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले त्यसको आलोचना गरेका छन् । निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको देखिएको थियो ।

चिनियाँ सहायता र पूर्वाधार ऋणमा निर्भर धेरै प्रशान्त राष्ट्रहरू बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाउने गरेका छन् । तर सोलोमन टापुले पनि मङ्गलबार उक्त क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री अल्बानिजले टोङ्गाका प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा तथा सहकार्यबारे छलफल गर्दै छन् । उनले प्रशान्त क्षेत्रको सुरक्षाका लागि क्षेत्रीय राष्ट्रहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

अस्ट्रेलियाले चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिअन्तर्गत प्रशान्त क्षेत्रका देशमा सुरक्षा सहकार्यसँगै रग्बी लिग र रग्बी युनियन कार्यक्रममार्फत पनि सम्बन्ध विस्तार गरिरहेको छ ।

चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो । क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न देशसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ ।

फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चिनियाँ दूतावासलाई परीक्षण नगर्न पूर्वचेतावनी दिएको बताएका छन् । उनका अनुसार यस्तो क्षेप्यास्त्र परीक्षणले क्षेत्रीय विश्वास र पारस्परिक सम्मानलाई कमजोर बनाएको छ ।

साथै, परीक्षण भएकै समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ–५ फिजीको बन्दरगाहमा रहेको घटनालाई उहाँले असामान्य संयोगको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम