मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन
सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन

। सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिए । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए। आफूहरुले लामो समय सदनमा विरोध जनाउँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ ।

उनले प्रतिपक्षले उठाएका मागहरूलाई लगातार बेवास्ता गरिए आन्दोलन जारी रहने भन्दै संवाद र सहमतिका आधारमा अघि बढ्न सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारले जनताका सामान्य समस्यामा पनि ध्यान दिनुपर्ने आग्रह गरेकी छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले १०० दिन पार गरेको स्मरण गरिन् । उनले भनिन्, ‘सरकार गठन भएको सय दिन पूरा भएको छ । सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा ध्यान केन्द्रीत रहेको सन्देश दिन सफल भएको ...
। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दैयस विषयमा रुलिङ गर्न माग गरेका हुन् । उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा ‘कसैले कसुर गरेको भए त्यसको अनुसन्धान गर्ने अधिकार सरकारलाई भए पनि आरोपितको कुरै नसुनी ...