मुख्य समाचार
संसद् स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्वताको अभाव भयो
संसद् स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्वताको अभाव भयो

। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्वताको विषय उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।




‘संसद अवरुद्ध छ ! परिपक्वतााको अभाव भयो ! के गर्नु !’ उनी लेख्छन्, ‘नेपाली जनताले सांसद चुन्दा बुद्धि पुराउनु है ! अहिले पछुतो भैराछ ! संसार कहाँ पुगिसक्यो ! हामी नेपालीको काम छैन ! Lead by wisdom not by foolishness।’

संसद् बैठकमा पनि साम्पाङले प्ले कार्ड देखाएका थिए ।



बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् ।

संसद् बैठक बस्दा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दैआएका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो विषयमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरे । सरकारले जवाफ दिएर निकास दिनुपर्ने आग्रह गरेका थिए ।

बुधबार पनि विपक्षी दलका सांसदहरूले यही विषय उठाएका बैठकको सुरुमै विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दैयस विषयमा रुलिङ गर्न माग गरेका हुन् । उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा ‘कसैले कसुर गरेको भए त्यसको अनुसन्धान गर्ने अधिकार सरकारलाई भए पनि आरोपितको कुरै नसुनी ...
। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ अघि बढाएको छ । ऊर्जा मन्त्रालयले जलस्रोत विधेयकको मस्यौदामाथि सुझाव समेत मागेको थियो । जलस्रोत सम्बन्धी विद्यमान कानुन संशोधन तथा एकीकरण गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकका केही प्रावधानले जलविद्युत् आयोजनाको लगानी जोखिममा पर्ने भन्दै निजी क्षेत्रका ऊर्जा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यसअघि तयार पारिएको जलस्रोत ...
। राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको बताए । उनका अनुसार आयोगका सिफारिसमध्ये ३४ प्रतिशत ...