मुख्य समाचार
अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी
अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी

। अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर प्रान्तको खोरमुजमाथि उडिरहेको अमेरिकी एमक्यु-९ ड्रोनलाई खसालेको बताएका छन्।

अमेरिकी सेनाको हवाई अतिक्रमणपछि त्यसको जबाफमा उक्त ड्रोनलाई निसाना बनाएर खसालिएको मोहबीले स्पष्ट पारेका छन्।

कुवेतमा साइरन, क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिकार

यसैबीच, यस युद्धको बाछिटा कुवेतसम्म पुगेको छ। कुवेती सेनाले आफूहरूमाथि भइरहेको ‘शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण’ को प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सरकारी समाचार एजेन्सी कुनाका अनुसार देशभर हवाई आक्रमणको साइरन बजाइएको छ।

सेनाले एक विज्ञप्ति जारी गर्दै देशभर सुनिएका विस्फोटका आवाजहरू ती क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गर्दा आएको प्रस्ट पारेको छ। साथै, नागरिकहरूलाई शान्त रहन र अधिकारीहरूले दिएका सुरक्षा निर्देशनहरू पालना गर्न अपिल गरिएको छ।

तेहरान विमानस्थलमा उडान सुचारु

आक्रमण र तनावका बीच तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उडानहरू भने सुचारु भएका छन्। इरानी सरकारी प्रसारक आइआरआईबीका अनुसार स्थानीय समयानुसार बिहान ५ बजेदेखि विमानस्थलको उडान तालिका सामान्य अवस्थामा फर्किएको छ।

यो पछिल्लो घटनाक्रम अमेरिकाले इरानमाथि गरेको शृङ्खलाबद्ध हवाई हमलालगत्तै विकसित भएको हो। इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेकै बेला अमेरिकाले बुधबार बिहानै इरानका ८० भन्दा बढी सैन्य अखडाहरू (बन्दर अब्बास, केश्म टापु र सिरिक लगायत) मा आक्रमण गरेको थियो।

होर्मुज स्ट्रेटमा इरानले ३ वटा व्यावसायिक तेल ट्याङ्करमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेन्ट्रल कमान्डले उक्त हवाई कारबाही गरेको थियो।

अमेरिकाको उक्त आक्रमणलाई इरानले दुई देशबीचको युद्धविराम सम्झौताको ‘खुला उल्लङ्घन’ भन्दै यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम